डडेल्धुरा- डडेल्धुरा सदरमुकाममा रहेकाे अमरगढी नगरपालिकाले किसान सुचिकरण राष्ट्रिय अभियान शुरु गरेकाे छ। अमरगढी नगरक्षेत्रमा रहेका वहुसंख्यक नागरिकहरुले मुख्य पेशाका रुपमा कृषिलाई आत्मसाथ गरिरहेका छन, यश वाट वास्तविक किसानकाे पहिचान हुने र राहत, अनुदानका कार्यक्रम समेत पारदर्शि हिसावले वितरण गर्न सकिने भएकाले उक्तकार्यकाे सुरुवात गरिएकाे अमरगढी नगरपालिकाले जनाएकाे छ।



किसान सुचिकरण के हो ? बहुसंख्यक नेपाली जनता कृषि पेशामा आश्रित रहेको सन्दर्भमा कृषि लाइ सम्मानित पेशाको रुपमा स्थापित गर्नु आजको आवश्यकता हो । नेपालको संविधानले अंगिकार गरेको किसानको हक हित संरक्षण सम्बन्धी नीति कार्यान्वयन गर्दै किसानहरुको पहिचान स्थापना गर्न किसान सुचिकरण को अध्यास नेपालमा पहिलो पटक राष्ट्रिय अभियानको रुपमा संचालन हुन लागेको हो । किसानका सुचना एवं विवरणहरु एकिकृत रुपमा व्यवस्थापन गरि किसानलाइ पहिचान गर्ने र राज्य बाट किसान लाइ उपलब्ध हुने सेवा सुविधा तथा विकास योजनाहरु सित आवद्ध गर्ने प्रयोजनको लागि नेपाल सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालयले निर्माण गरेको विद्युतिय प्रविधिमा आधारित तथ्याङ्क भण्डारण गर्ने प्रणाली नै किसान सुचिकरण व्यवस्थापन प्रणाली हो ।
किसान सुचिकरण प्रणालीको संचालन पश्चात किसानहरुको वास्तविक पहिचान स्थापित हुन्छ । कृषि विकासका लागि तिनै तहका सरकारहरुबाट संचालन हुने कार्यक्रमहरु वास्तविक किसानको पहसचमा पुग्नुको साथै किसान केन्द्रित योजना तर्जुमा र कार्यान्वयनमा सहजता हुनेछ ।
यस प्रणाली मार्फत किसानहरुमाझ पुग्न सहज हुने र तिनै तहका सरकारहरु बीच समन्वय र सहकार्य मार्फत एकिकृत कृषि विकासका कार्यक्रमहरु संचालन गर्न सहयोग पुग्नेछ । खाद्य अधिकार तथा खाद्य सम्प्रभुता ऐन २०७५ ले परिकल्पना गरेको किसान वर्गिकरणको आधारका रुपमा पनि किसान सुचिकरण प्रक्रिया सहायक सिद्द हुनेछ । अमरगढी नगरपालिका कृषि विकास शाखा

























