२०८३ बैशाख ३ बिहीबार
२०८३ बैशाख ३ बिहीबार

बझाङमा भरुवा बन्दुक सहित एक जना मृत फेला

बझाङ । बझाङमा भरुवा बन्दुक सहित एक जना मृत फेला परेका छन् । बझाङ जिल्लाको खप्तड छान्ना गाउँपालिका – ४ खत्री गाउँका एक जना जङ्गलमा मृत फेला परेका हुन । गाउँपालिकाको वडा नम्बर ४ का अन्दाजी ३५ बर्षिया डम्बर बहादुर खत्री २४ गते जङ्गल गएको र उनकै परिवारले खोजी गर्दा २५ गते मृत अवस्थामा फेलापारेको जनाएको छ ।

उनी गडाला सामुदायिक वनमा भरुवा बन्दुक सहित मृत फेला पारेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

खत्रीको नजिकै भरुवा बन्दुक भेटिएको छ भने उनको बायाँ कञ्चडामा गोली लागेर टाउको छेडेको जनाईएको छ । मृत खत्रीको जिल्ला अस्पताल बझाङमा पोष्टमार्टम भइरहेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।