डोटी । डोटीको जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गा ओझाले एमालेका नेता प्रमे आलेलाई अश्लिल गालि गरेको अडियो सार्वजनिक भएको छ । उनले भान्जा नाता पर्ने युवकसँग फोनमा कुराकानी गर्दै नेता आलेलाई अश्लिल गालि गलौज गरेका हुन् ।



गाउँपालिका अध्यक्ष ओझाले आफ्नो जन्मदिनको अवसरमा साथीहरुले मलाई जन्मदिनको शुभकामना दिईरहेका बेलामा तपाईले मेरो बारेमा किन यस्तो कुरा फेसबुकमा सार्बजनिक गरेको भन्दै फोन सम्वादमा आपती जनाएका छन् ।
फोन सम्बादमा भनिएको छ,‘मलाई कसैले पनि केही गर्न सक्दैन, जो मेरो सेल्फी काण्ड बाहिरिएको थियो, त्यो काम मलाई डोमिनेट गर्नलाई प्रेम आले मगरले खेलेको हो ।’ सम्वादमा ओझाले आफुले यस्ता कुनै पनि कामहरु नगरेको, विरोधी तत्वहरुले फसाउनका लागी गरेको बताएका छन् ।
ओझाले फोन सम्वादमा नेपाल कम्युनिष्ट पार्टीका जति नेताहरुले स्त्रीलम्पट काम गरेका छन सबैलाई कार्बाही भएको र मलाई भने कसैले कारबाही गर्न नसक्ने भन्दै भन्जा तपाई सक्नु हुन्छ भने आजै मेरो बारेमा प्रधानमन्त्री केपी शार्मा ओलीलाई भने पनि कुनै फरक नपर्ने बताएका छन । उनले प्रधानमन्त्री ओलीको विरोधमा उत्रेको पनि सम्वादमा भनेका छन् ।
अडियो पास खवरलाई प्राप्त भएपछि खासमा के हो यो सम्वाद भनेर अध्यक्ष ओझालाई सोध्दा उनले भने त्यस्तो केही पनि होईन मेरो जन्मदिन मनाई राखेका थियौं, मैले मोबाईलमा एक्कासी मेरो फोटो सहितको समाचार हेर्दा रिस थाम्न नसकेपछि धम्काएको पास खवरलाई बताए ।
के थियो सेल्फी काण्ड ?
आजभन्दा एक बर्ष अघि जोरायल गाउँपालिका अध्यक्षको सेल्फी सामाजिक संजालमा निकै भाईरल बनेको थियो । ओझाले आफ्नो अस्लिल अंग देखिने सेल्फी फोटो फेसबुकको मेसेन्जरमा एकजना युवतिलाई पठाएपछि उनको सेल्फी काण्ड समाजिक संजालमा भाईरल बन्न पुगेको थियाे ।
लकडाउनमा भिडभाडका कार्यक्रम
त्यस्तै कोरोना महामारीले देश लकडाउन भएका बेला सरकारले भिडभाड हुने गरी कुनै पनि कार्यक्रम गर्न नपाईने भनेपनि जोरायलमा सडक उद्घाटन गर्दा अध्यक्ष स्वयम आफु उपस्थित भई गाउँमा भिडभाडको कार्यक्रम आयोजना गरिएको थियो । सोही अवसरमा आयोजनामा भोज जस्तै बनाई अध्यक्ष ओझा भिडभाडमा नाचेको भिडीयो पनि सार्वजनिक भएको थियो । उनका यस्ता विभिन्न काण्डहरू बेला बखत सार्वजनिक भइरहेका हुन्छन् ।
पास खबरले अध्यक्ष ओझाको गोपनियताको हकलाई सम्मान गर्दै आफुसँग अश्लिल गालि गलौज गरेको अडियो सुरक्षित छ । सम्बन्धित निकायले माग गरेको खण्डमा पास खबर उक्त अडियो उपलब्ध गराउन तयार छ ।

























