२०८३ बैशाख ३ बिहीबार
२०८३ बैशाख ३ बिहीबार

दार्चुलाको मार्मा गाउँपालिका–१ पारीबगरमा जीप दुर्घटना

दार्चुलामा जीप दुर्घटना भएको छ। जिल्लाको मार्मा गाउँपालिका–१ पारीबगरबाट अपि हिमाल गाउँपालिकाको खाद्यान्न लगेर हिँडेको सुपप्र ०१००१ज१३२१ नम्बरको जीप सेलीबिसा भन्ने स्थानमा दुर्घटनामा परेका हो।

दुर्घटनामा परेका चालक बैतडीको दोगडाकेदार गाउँपालिका– ५ बस्ने वर्ष ३० का आनसिंह कार्की र जीप शाहु मार्मा गाउँपालिका–३ लटिनाथ बस्ने ५० वर्षीय धिरेन्द्र विष्ट सकुशल रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ। 

दुर्घटनापछि इलाका प्रहरी कार्यालय लटिनाथबाट खटिएको प्रहरी टोलीले दुवैजनाको उद्दवार गरेको दार्चुला प्रहरीका सूचना अधिकारी प्रहरी निरीक्षक नरेन्द्रबहादुर चन्दले बताए। दुर्घटनाबाट जीपको अगाडी र पछाडीको भागमा क्षति भएको उनले बताए।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।