२०८३ बैशाख ३ बिहीबार
२०८३ बैशाख ३ बिहीबार

कञ्चनपुरमा अवैध काठसहित फर्निचर उद्योग सञ्चालक पक्राउ

कञ्चनपुर,२६ जेठ । कञ्चनपुरमा  ठूलो परिमाणको अवैध काठसहित फर्निचर उद्योग सञ्चालक पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको भीमदत्त नगरपालिका–१० जिमुवामा रहेको हुनैनाथ फर्निचर उद्योगका सञ्चालक २६ वर्षीय रमेश भट्ट रहेका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले गोप्य सूचनाका आधारमा उद्योगमा खानतलासी गर्दा ३४०.४१ क्यूफिट आँप, टुडी,मसला, सिसम लगायतको अवैध काठ बरामद गरेको जानकारी दिए ।

बरामद गरिएको काठसहित सञ्चालक भट्टलाई आवश्यक कारवाहीका लागि जिल्ला सव डिभिजन वन कार्यालयमा बुझाइएको प्रहरी नायब उपरीक्षक थापाले बताए । यस्तै बुधबार बिहान प्रहरीले बेलौरी नगरपालिका वडा नम्बर ४ बाट समेत बेवारिसे अवस्थाको काठ बरामद गरेको छ ।
प्रवक्ता प्रहरी नायब उपरीक्षक थापाका अनुसार ८.४७ क्युफिट काठ बरामद गरिएको हो । उक्त काठ आवश्यक कारवाहीका लागि सब डिभिजन वन कार्यालय पचकडियामा बुझाइएको प्रहरीले जनाएको छ ।
खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।