केहिदिनदेखि एउटा विषय चर्चामा छ । चितवनको बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल लगायत अन्य क्यान्सर अस्पताललाई नियमन गर्न सरकारले छुट्टै संयन्त्र बनाउने घोषणा गरेसँगै यो कदमको चर्को विरोध सुरु भएको छ ।



नेपालमा क्यान्सर रोग संस्थान आवस्यक होला तर भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल जस्तो स्वायत्त संस्थालाई अनावश्यक हस्तक्षेप गर्ने गरि संस्थान बनाउनु पूर्णतः गलत छ । संस्थानहरु अन्तर्राष्ट्रियस्तरको हुनुपर्छ र बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको मातहतमा बनाउनु पर्ने हो ।
बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल ऐन २०५३ बमोजिम स्वायत्त संस्था हो । उक्त अस्पताल तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले चीन भ्रमणमा जाँदा चिनियाँ सरकारलाई अनुरोध गरि बनाएको संस्था हो । स्वर्गिय जननेता बीपी कोइरालाको चीरपर्यन्त नाम रहनेगरि बीपी मेमोरियल क्यान्सर अस्पतालको निर्माण गरि क्यान्सर रोगको अध्ययन अनुसन्धान र निदान गर्ने मुख्य उद्देश्यले अस्पताल बनाइएको हो ।
यो बिषयमा नेपाली कांग्रेस चितवनले विज्ञप्ति निकालेर बिरोध जनाइसकेको छ । बीपी कोइराला क्यान्सर अस्पतालले संस्थान संचालन गनुपर्नेमा उल्टै स्वायत्त संस्थामार्फत् हस्तक्षेप हुनेगरि सरकारले कदम चालेको छ यो निन्दनीय रहेको कांग्रेसको ठहर छ । क्यान्सर अस्पतालको स्वायत्तता माथि हस्तक्षेप गर्न संस्थान बनाउने काम स्वीकार्य नभएको काङ्ग्रेसको भनाइ छ । क्यान्सर अस्पतालको पहिचानमा आँच आउने काम नगर्न चौतर्फी सरकारलाई दबाब सुरू भएको छ ।
“देशका भक्तपुर क्यान्सर अस्पताल लगाएत अन्य अस्पतालसँग बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको तुलना गरेर यसको शाख गिराउनु हुँदैन । सरकारले पूर्णरुपमा गलत गरेको छ । सरकार उल्टो दिशामा हिड्न खोजेको छ ।” ‘माफियाकोे इसारामा क्यान्सर अस्पताललाई ध्वस्त पार्न खोजिएको छ । यो घोर आपत्तिजनक रहेको छ ।
तुरुन्त सच्याउनु पर्छ ।’ डाक्टर विजय आचार्य भन्छन् । पटक पटक अनेक तरिकाले मेडिकल माफियाको प्रभावमा सरकारले क्यान्सर अस्पताललाई कुनै न कुनै बहानामा ध्वस्त वनाउन खोजिरहेको छ । क्यान्सर अस्पतालकै मातहतमा प्रतिष्ठानका रुपमा विकास गरेर क्यान्सर रिसर्च सेन्टरको गुरुयोजना अनुरुप काम गर्नुपर्ने चिकित्सकहरूको भनाई छ । स्थानीयबासिन्दा बाग्मती प्रदेश सरकारले बीपी कोइराला क्यान्सर हस्पिटल भित्र रहेको ५० बिघा खाली जग्गालाई फलफुल बागवानी केन्द्र बनाउनको लागी सम्झौता गरेको भन्ने हल्ला आएको हुँदा त्यस्तो कार्यको तत्काल रोक्न माग गरेका छन् ।
यसरी क्यान्सर हस्पिटललाई र त्यस भित्र रहेको खाली जग्गामा क्यान्सर उपचार र अनुसन्धान बाहे का अन्य गतिविधि गराइ यसको गरिमा र स्वतन्त्रता माथि केन्द्र सरकार र प्रदेश सरकारले गर्न खोजेको आक्रमण किमार्थ मान्य नहुने र केन्द्र सरकार र प्रदेश सरकारले गरेको निर्णय तुरुन्त फिर्ता लिन जरूरि देखिन्छ ।अन्यथा यसको जिम्मेवार सरकार गुनुपर्ने हुन्छ ।
क्यान्सर अस्पताललाई प्रतिष्ठानको रुपमा विकास र विस्तार गरि क्यान्सर रिसर्च सेन्टर बनाउने, केमो प्लान्ट स्थापना गर्नुपर्ने र क्यान्सर अस्पताललाई एक हजार शैयाको बनाउनुपर्ने गुरुयोजना नै रहेको छ । यसतर्फ सरकारको ध्यान जान जरूरी छ । सरकार र नेताहरु मेडिकल माफियाले घेरिएका छन् । त्यसैले गुरुयोजना अनुरुप विकास गर्न कसैको ध्यान पुग्दैन । क्यान्सरको उपचार विश्वमा नै महंगो छ ।
बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा अहिले पनि उपचार सहज छैन । हरेक वर्गका नागरिकको सरल पहँुचमा उपचार हुन सक्ने बनाउन तर्फ सरकारले ध्यान दिन पर्ने हुन्छ। क्यान्सर अस्पतालमा केमो प्लान्ट स्थापना गरेर उत्पादन गर्न सकेमा गरिव नागरिकले पनि सहज र सस्तोमा उपचार पाउने छन् ।
बजेट भाषण गर्ने क्रममा अर्थमन्त्री विष्णु पौडेलले “क्यान्सर रोगको अध्ययन, अनुसन्धान र उपचार गर्न राष्ट्रिय क्यान्सर रोग अध्ययन संस्थान स्थापना गरि भक्तपुर क्यान्सर अस्पताल, विपी कोइराला मेमोरियल क्यान्सर अस्पताल र सुशिल कोइराला प्रखर क्यान्सर अस्पताललाई यस अध्ययन संस्थान मातहत संचालन गरिने छ ।” भनि घोषणा गर्नुभएको थियो । अहिले यसको चौतर्फी विरोध भइरहेको छ । सबैले चेतावनी दिएका छन् खबरदार सरकार ! बीपीको नाममा भएको चलखेल किमार्थ स्वीकार्य छैन ।लेखाजोखा न्युजबाट

























