अत्तरिया :- कैलालीको धनगढी उपमाहानगरपालिका रहेको हरिप्रीया प्रकाश फाउन्डेसनले कोरोना संक्रमितको तत्कालै ज्यान जोगाउन सुदुरपश्चिम प्रदेशमा १८०० निशुल्क अक्सिजन सिलिन्डर रिफिलिङ र नया-पुरानाे खरिद बितरण सम्झौता अनुसार नेपालीको घर र अस्पतालमा निशुल्क: अक्सिजन सिलेण्डर र स्वास्थय सामाग्री पुर्याउने अभियान सुरु गरेको छ सिलिन्डर युवानेता क्षितिज भण्डारी मार्फत बाडिएको थियो आज दार्चुला, डडेल्धुरा, कन्चनपुर, अछाम र कैलाली जिल्लाको धनगढी र अत्तरियामा बडिएको छ ।



अत्तरिया देबराज ओझाको संयोजकत्वमा सिलेण्डर बितरण भएको छ । ओझाका अनुसार मालाखेती अस्पताल, पदमा अस्पताल, सेवा अस्पताल र सामुदायिक अस्पताल सहित घर र विभिन्न अस्पतालमा राती सम्म १०० सिलेण्डर पठाउदैछौ ।
हरिपृया प्रकाश फाउन्डेसनको सहयोगमा सबैलाई राजनीतिक भेदभाव नगरीकन नागरिकलाई अक्सिजन निशुल्क रिफिलिङ्ग लगायत बितरण योजनाको लाभ १८०० अक्सिजन सिलेन्डर मध्ये १०० का दरले सुदुरपश्चिमका ८ जिल्ला अस्पतालमा ८०० र १००० सिलेन्डर प्रदेश राजधानी कैलाली अस्पताल र संक्रमितको घरहरुमा बितरण हुँदैछन् ।
हरिपृया प्रकाश फाउन्डेसन र सुर्य शक्ति ग्यास उधाेग बिच सुदुपश्चिमका अस्पतालहरुमा निशुल्क अक्सिजन सिलिन्डर रिफिलिङ बितरण छुट्टै ६लाख पेश्की सम्झौता रकम अध्यक्ष प्रकाशनारायण भण्डारी मार्फत श्याम टायलको कम्पनी र काठमाडौको गोकर्णेश्वर ट्रेडिङ्ग प्रालीलाई एक लाख तिरहत्तर हजार बयाना दिईएको धनगढीका गणेश भण्डारीले बताए । उक्त अभियानमा अत्तरिया का लागि स्वयंसेवक राज भट्ट र गणेश भट्ट पनि उपस्थित हुनुहुन्थ्यो ।

























