२०८३ बैशाख ७ सोमबार
२०८३ बैशाख ७ सोमबार

सुदूरपश्चिममा आज कोरोना संक्रमितको मृत्यु शून्य

धनगढी । सुदूश्चिम प्रदेशमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट मर्नेको संख्या मंगलबार शून्यमा झरेको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालय दिपायलले दोस्रो लहरको कोरोना भाइरसको संक्रमण र मृत्युदर तीव्र भएयता पहिलो पटक मंगलबार मृत्युदर शून्यमा झरेको जनाएको छ ।

कोरोना भाइरसको संक्रमणबाट प्रदेशभर हालसम्म ५ सय ४२ जनाको मृत्यु भइसकेको छ । तर २४ घण्टामा प्रदेशमा २ सय ९३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

एन्टीजेन विधिबाट ८ सय ९९ र पीसीआर विधीबाट ६सय २२ जना गरेर एक हजार ५ सय २१ जनाको नमूना परीक्षण गर्दा उनीहरुमा संक्रमण देखिएको हो । यो सँगै प्रदेशभर संक्रमितको संख्या ४१ हजार ८ सय ६९ पुगेको छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।