२०८३ जेष्ठ ३१ आईतवार
२०८३ जेष्ठ ३१ आईतवार

कञ्चनपुरमा लागु औषध सेवनकर्ता र कारोबारीहरुलाई प्रहरीले धमाधम पक्राउ

कञ्चनपुर- कञ्चनपुरमा लागु औषध सेवनकर्ता र कारोबारीहरुलाई प्रहरीले धमाधम पक्राउ गर्न थालेको छ। पछिल्लो तीन दिनको अवधिमै १० जनालाई प्रतिबन्धित लागु औषध खैरो हेरोइनसहित पक्राउ गरेको छ।

पक्राउ पर्नेमा १८ देखि २७ वर्ष उमेर समूहका छन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापा क्षेत्रीका अनुसार शनिवार दोधारा चाँदनी र पुनर्वास नगरपालिकाबाट पाँच र आइतवार बेलडाँडी गाउँपालिका क्षेत्रबाट दुईजनालाई पक्राउ गरिएको छ।

यस्तै, सोमवार शुक्लाफाँटा नगरपालिका १० झलारी बजार क्षेत्रबाट तीनजनालाई पक्राउ गरिएको क्षेत्रीले जानकारी दिए । गत वैशाखदेखि जेठ २३ गतेसम्म ४५ जनालाई लागु औषधसहित पक्राउ परेका छन्। यस्तै, वैशाखदेखि हालसम्म लागु औषधका ३० वटा मुद्दा दर्ता भएको छ।

निषेधाज्ञा जारी भएपछि लागु औषध ओसारपसारमा संलग्नहरु बढी सक्रिय देखिएको प्रहरीले बताएको छ। सीमा क्षेत्रमा सशस्त्र प्रहरी र नेपाल प्रहरीले गस्तीसँगै चेकजाँचलाई तीव्र बनाएपछि लागु औषध सेवनकर्ता र कारोबारी पक्राउ पर्न थालेका हुन्। केही महिनाअघि सशस्त्र प्रहरीको कारबाहीमा एकजना भारतीय लागु औषध तस्करको मृत्यु समेत भएको थियो।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।