२०८३ जेष्ठ ३१ आईतवार
२०८३ जेष्ठ ३१ आईतवार

सुदूरपश्चिममा ४२ हजारलाई खोप लगाइने

 चीनले अनुदानमा खोप उपलब्ध गराएपछि सरकारले आजदेखि ज्येष्ठ नागरिकलाई कोरोना भाइरस विरूद्धको खोप लगाउँदैछ ।

सुदूरपश्चिमका ९ जिल्लासगै देशैभरी खोप लगाउने उमेर समूह संशोधन गर्दै सरकारले चिनियाँ खोप भेरोसेलको पहिलो डोज लगाउन लागेको हो ।

सुदूरपश्चिम प्रदेशमा आजदेखि ४२ हजार नागरिकलाई कोरोना विरूद्धको भेरोसेल खोप लगाइने भएको छ । 
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सुदूरपश्चिममा दुवै मात्राका लागि ८४ हजार डोज खोप पठाएको छ । जसमध्ये ४२ हजार नागरिकलाई भेरोसेल खोप लगाइने भएको हो ।

प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका अनुसार पहिलो डोजका लागि कैलालीमा १३ हजार ६ सय १०, कञ्चनपुरमा ७ हजार ५ सय ७०, अछाममा ४ हजार १ सय २, बैतडीमा ३ हजार ७ सय ८०, दार्चुलामा ३ हजार २ सय ४३, बझाङ्गमा ३ हजार १ सय ६८, डोटीमा ३ हजार २०, डडेल्धुरामा २ हजार २ सय ५८ र बाजुरामा भने दुवै डोजका लागि गरी ४ हजार ४ सय ४२ डोज खोप पुगिसकेको छ । 

प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका निमित्त प्रमुख पदम विष्टले बाजुरामा पछि ढुवानी गर्न समस्या हुने भएकाले एकै चोटी पठाइएको बताए । 

स्वास्थ्य निर्देशनालय डोटीका स्वास्थ्य निर्देशक डाक्टर गुणराज अवस्थी कोरोना भाइरस विरुद्धको भेरोसेल खोप सरकारले निर्धारण गरेको मापदण्ड अनुसारका नागरिकहरूलाई लगाइने बताए ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।