२०८३ जेष्ठ ३१ आईतवार
२०८३ जेष्ठ ३१ आईतवार

मेयर विपिन ओझा युवा राजनिति र काङ्ग्रेसका लागि प्रेरणाका पात्र हुन : बहादुर सिंह भाट

 डडेल्धुरा- अमरगढी नगरपालिका प्रमुखकाे राजनितिक भुमिकालाई लिएर नेपाली काङ्ग्रेस डडेल्धुराका जुझारु कार्यकर्ताले आफ्नाे फेसबुक स्टाटस मार्फत निकै चर्चा गरेका छन।

उनले आफ्नाे वालमा लेखेका छन, “हाम्राे राजनितिक संस्कारले विपक्षिले गरेका जति सुकै राम्रा कामकाे पनि आलाेचना गर्नै पर्ने अवस्था छ तर म त्यस लाई स्विकार गर्न सक्दैन , डडेल्धुरा काे संस्कार हेर्ने हाे भने स्नातक, डिग्रि गर्ने वितिक्कै युवाहरु नेपाली काङ्ग्रेस का सभापति पुर्व प्रधानमन्त्री शेरवहादुर देउवा लाई भेटेर असई, ईन्सपेक्टर तथा Ngo/ Ingoमा जागिर लगाई माग्ने परम्परा थियाे तर त्याे संस्कार लाई चिर्दै अमरगढीका नगर प्रमुख विपिन ओझाले राजनितिकाे जाेखिमपुर्ण मार्ग राेजे र डडेल्धुरा जस्ताे नेपाली काङ्ग्रेसकाे एक लाैटि वर्चश्व रहेकाे जिल्लामा नेकपा एमालेकाे राजनिति गर्नु फलामकाे चिउरा चपाउनु समान थियाे ।

तर विपिन ओझाले त्याे जाेखिम पुर्ण वाटाे राेजे र पाईला पाईलामा सफलता पनि हाँसिल गर्दै आएका छन। उनले अमरगढीमा गरेका कामकाे मुल्यांकन गर्ने वेला अझै भएकाे छैन त्याे समयले बताउला तर उनी युवाहरुका प्रेरणा हुन सक्छन। युवाहरु पढेर देउवा दाइसँग जागिरी माग्ने परम्परालाई तोड्दै फरक राजनैतिक दलबाट मेयर हुनु आफैमा ठुलो उपलब्धि थियो र हो ।

मेयरबाट भए गरेका कामको मुल्यांकन गर्दै गरौंला तर पैंसा भएका, ठेक्कापट्टामा वर्चश्व भएका र राजनैतिक विरासत वालाले मात्र राजनीति गर्न सक्छन् भन्ने मान्यता बोकेको जिल्लामा त्यसको विपरित मेयर विपिन ओझाले गरेको साहस, सुझबुझ र उपलब्धि काँग्रेसको गुटगत राजनीतिमा पिल्सिएर बसेका युवाका लागि प्रेरणा बन्न सक्छ ।जय_नेपाल !

उनकाे स्टाटसमा उल्लेख गरिएकाे छ। विपक्षि वाट यसरी प्रशंसा गरिनुले मेयर ओझा राजनितिक रुपमा सफल हुँदै गएकाे अनुमान गर्न सकिन्छ। अमरगढीका मेयर ओझा विकास निर्माण र समृद्विकाे स्पस्ट मार्ग चित्र सहित अगाडि बढेका छन। उनी निर्वाचित भई सके पछि अमरगढीले विकासकाे नयाँ आयाम सुरुवात गरेकाे छ , यद्यपि चार वर्षमै विकासका सवै सपना पूरा हुदैनन तर विहानिले दिनकाे झल्काे दिन्छ भने जस्तै उनले शुरुवात गरेका कामले आशाकाे दियाे खडा भएकाे छ।

अमरगढी स्मार्ट सिटि, अमरगढी वहुप्राविधिक शिक्षालय, शैक्षिक सुधारकाे सुरुवात, स्वास्थ्य क्षेत्रमा आशातित उपलव्धि, पुर्वाधारका क्षेत्रमा उल्लेख्य शुरुवातले उनकाे राजनितिक छवि उकालाे लागिरहेकाे छ। सालिन भद्र व्यवहार, सवै संग मिलनसार र सहयाेगि सभ्य नेताका रुपमा उनकाे पहिचान वनेकाे छ। विपक्षिले समेत सकारात्मक चर्चा गर्नुले उनी सफल हुने प्रशस्त संभावना देखिन्छन।

No description available.

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।