२०८३ असार १९ शुक्रबार
२०८३ असार १९ शुक्रबार

सुदुरपश्चिममा डा. सुरेन्द्र ऐरको नेतृत्व र “म बाँच्छु अनि बचाउँछु अभियान” निशुल्क स्वास्थ्य परामर्श सेवा

No description available.No description available.No description available.No description available.No description available.No description available. धनगढीको कैलाली अस्पतालमा फिजियोथेरापी बिभाग प्रमुख रहेका डा. सुरेन्द्र ऐरको नेतृत्व र “म बाँच्छु अनि बचाउँछु अभियान” समन्वय मा कोभिड र ननकोभिडका बिरामीहरुलाई निशुल्क फोन मार्फत स्वास्थ्य परामर्श सेवा लिन सक्ने अभियान सुदुरपश्चिमका सम्पुर्ण जिल्लाहरुमा सञ्चालनमा भैरहेको छ। यस अभियान को मूख्य उद्देश्य भनेको कोभिड संक्रमित बिरामीहरूको स्वास्थ्य अवस्थामा सुधार ल्याउनका लागि र कोभिड सङ्क्रमण नभएका अन्य बिरामीहरुलाई पनि विशेषज्ञ डाक्टर मार्फत निःशुल्क स्वास्थ्य परामर्श सेवा उपलब्ध गराउने रहेको छ।

यस अभियान सुदुरपश्चिमको डोटी जिल्लामा पनि सञ्चालनमा आएको छ । यस अभियानलाई डोटी जिल्लामा शैलेश्वरी युवा क्लबले समन्वय गर्ने भएको छ। पछिल्लो समय कोरोना भाइरसका कारण धेरै मानिसहरू प्रभावित भएका छन भने धेरै जसो मानिसहरू कोरोना भाइरस बाट मानसिक रुपमा डराएका पनि छन भने कति मानिस कोरोना संक्रमणबाट पनि गुज्रिरहेका छन।

यसै असहज परिस्थितिको सामना गर्नको लागि र सम्पुर्ण बिरामीहरुलाइ सहजै परामर्श पाउने कार्यमा सहजीकरण गर्न यो अभियानमा जोडिएको कुरा युवा समाजका अभियान्ता तथा सैलेश्वोरी युबा क्लबका उपाध्यक्ष स्वस्तिका खत्री ले जानकारी दिएकी छिन् । यसका साथै डा सुरेन्द्र ऐर लगायतको विशेषज्ञ डाक्टरहरुको टीमलाइ उहाँहरु समय उपलब्धता अनुसार निम्न समयमा सम्बन्धित रोगको लागि सम्बन्धित विशेषज्ञ डा. बाट फोन मार्फत परामर्श लिन सक्ने कुरा पनि अभियान्ता खत्रीले बताइन् ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।