धनगढी- लागू औषध सहित धनगढीबाट २ महिला र १ पुरुष पक्राउ परेका छन । प्रहरीले ६ ग्राम १७५ मिलिग्राम लागू औषध ब्राउन सुगर सहित धनगढी उप–महानगरपालिका – २ बस्ने २५ बर्षीय संजिप सिंह, वडा नम्बर ७ बस्ने २० वर्षीय मैना साउँद र बैतडी घर भई धनगढी उप–महानगरपालीका – २ बस्ने ३५ वर्षीय लक्ष्मी भट्टलाई पक्राउ गरेको हो ।



प्रहरीले उनीहरूलाई डेरामा बस्ने लक्ष्मी भट्टको कोठाबाट पक्राउ गरेको जनाएको छ ।
भट्टको कोठामा लागू औषधको कारोबार भइरहेको सूचनाका आधारमा खानतलासी गर्दा कोठाबाट खैरो हिरोइन टेबुल मुनी लुकाई राखेको अवस्थामा ६ ग्राम १७५ मिलिग्राम, ६ ट्याब्लेट नाइट्रोभेट र लागू औषध बेचबिखन गर्न नापतौल गर्ने डिजिटल तराजु १ थान बरामद गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
उनीहरु माथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Views: 245

























