२०८३ असार १९ शुक्रबार
२०८३ असार १९ शुक्रबार

अत्तरियामा ओली र महतोको पुत्ला दहन गरेपछी …

अत्तरिया – कैलालीको अत्तरियामा प्रधानमन्त्री केपी शर्मा ओली र उपप्रधान तथा शहरी विकास मन्त्री राजेन्द्र महतोको पुत्ला दहन गरिएको छ ।

युथ कांग्रेस कैलाली क्षेत्र नम्बर ४ र नेपाल विद्यार्थी संघको आयोजनामा अत्तरिया चोकमा ओली र महतोको पुत्ला दहन गरिएको हो ।…
पुत्ला दहनका क्रममा उनीहरूले उपप्रधानमन्त्री महतोले दिएको बहुराष्ट्र र बहुराज्य बनाउन मुक्ति आन्दोलन गर्नुपर्ने अभिव्यक्तिको विरोध गरेका थिए ।

पुत्ला दहनका क्रममा महतोको अभिव्यक्ति सँगै नागरिक विधेयक, चुरे उत्खनन गरी ढुंगा, गिट्टी र बालुवा निकासी गर्न दिने सरकारी निर्णयको समेत विरोध गरेको युथ कांग्रेस कैलालीका सदस्य एलआर ओझाले बताए ।

पुत्ला दहनका क्रममा प्रहरीले रोक्न खोजेपछि केही समय दुवै पक्ष बिच हातपात समेत भएको थियो ।

पुत्ला दहन कार्यक्रममा युथ कांग्रेस कैलाली क्षेत्र नम्बर ४ संयोजक प्रकाश बोहरा लगायतका विद्यार्थी तथा युवा नेताहरूको सहभागिता रहेको थियो ।

No description available.No description available.No description available.No description available.No description available.No description available.

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।