२०८३ जेष्ठ ११ सोमबार
२०८३ जेष्ठ ११ सोमबार

किसानलाई रोपाइँको चटारो

 विश्वभर फैलिएको कोरोना भाइरसका कारण विश्व नै यतिबेला आक्रान्त बनेको छ । यति वेला सबै क्षेत्र ठप्प छन् । तर तर महामारीकै बिच कैलालीका किसान धान रोपाइँमा व्यस्त हुने गरेका छन् ।

यहाँको रानी–जमरा कुलरिया सिँचाइ आयोजनाका कारण नहरमा प्रशस्त पानी आउन थालेपछि चाँडै रोपाइँ सुरु भएको किसानहरुले बताएका छन् ।  विगतमा पानीको असुविधाले ढिलो गरी रोपाइँ हुने भए पनि यस बर्ष भने नहरमा प्रशस्त पानी रहेकाले असार नलाग्दै रोपाइँ सुरु भएको कैलालीको जानकी गाउँपालिका–४ का किसान रामेश्वर रेग्मीले बताईन् ।

यो वर्ष गत वर्षको जस्तो रासायनिक मलको पनि समस्या नभएको र निषेधाज्ञाका कारण ढुवानीमा भने सास्ती रहेको उनको भनाई छ । टीकापुर–८ का किसान धनसिंह साउदले पानी जम्ने खल्ला खेतमा चाँडै रोपाइँ नगरे ढिलो रोप्न नसकिने भएकाले पनि चाँडै रोप्नुपर्ने र कुलामा पानी पनि प्रशस्त भएकाले रोपाइँ थालिएको बताए ।

रानी–जमरा कुलरिया सिँचाइ आयोजनाको कमान्ड एरियामा १४ हजार हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुगेको छ । करिब १० हजार हेक्टर जग्गामा धान खेती गरिँदै आएको जनाइएको छ । 

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।