बझाङ – जिल्ला सदरमुकाम चैनपुरमा बिना सूचना छिनछिनमा बत्ती जान थालेको छ ।



दिनहुँ जसो बत्ती आउने र जाने हुन थालेपछि उपभोक्ताहरू पुन लोडसेडिङ फर्किएको भन्दै चर्को टिप्पणी गर्न थालेका छन । दिउँसो छिनछिनमा बत्ती आउने जाने भएपनि रातिको समयमा भने दुई घण्टा सम्म बत्ती जाने भएपछि चैनपुरबासी अध्यारोमा बस्न बाध्य भएका छन् ।
टन्टलापुर घाम लाग्दा वा पानी पर्दा पनि बत्ती जाने हुदाँ चैनपुरबासीले सहज ढङ्गले बत्ती बाल्न पाएका छैनन् । पोल, तार राम्रोसँग जडान नभएको हो कि भन्ने गुनासो समेत स्थानियबासीको छ ।
सदरमुकाममै यसरी बत्ती जाँदा जिल्लाका गाउँहरुमा यो भन्दा बढी समस्या रहेको स्थानिय रविन खड्काले बताए । ‘सदरमुकाम चैनपुरमा त दिनहुँ बत्ती गईरहन्छ, अनि गाउँ घरमा कसरी बत्ती आउँला रु’ उनले भने ।
यस बिषयमा नेपाल बिधुत प्राधिकरण बझाङले बाग्थलामा लाइन सर्ट भएको र रायलमा रुख ढलेका कारण नियमित विधुत आपुर्तिमा समस्या भैरहेको जनाएको छ । यसका साथै जिल्ला अस्पताल बझाङमा पनि अक्सिजन प्लान्टको लाइन जडान कार्य भएकोले थप समस्या निम्तीएको बताईएको छ ।

























