२०८३ असार १९ शुक्रबार
२०८३ असार १९ शुक्रबार

स्वास्थ्यकर्मी कुवर र पत्रकार जैशिद्वारा चुरेका ५० परिवारलाई राहत वितरण

 कैलाली-  कैलालीको चुरेमा राहत वितरण गरिएको छ। बढिमालिका पोलि क्लिनिक चौमाला का प्रबन्ध निर्देशक स्वास्थ्यकर्मी जगदीश कुवर र रेडियो सुनौलो एफएम मसुरियाका प्रबन्ध निर्देशक पत्रकार खकेन्द्र जैशिलेको ब्याक्तिगत सहयोग र पहलमा कैलालीको चुरे गाउपालिकाका करिब ५० परिवारलाइ राहत बितरण गरियको हो ।

जिल्लाको गौरीगंगा नगरपालिका वडा १ चौमालामा रहेको बडिमालिका पोलिक्लिनीकको आयोजनामा र मसुरियामा रहेको रेडियो सुनौलो एफ.एम.को सहजीकरणमा शनिबार चुरे गाउपालिकाको वडा ४ बाटेगडामा राहत वितरण गरिएको हो । कोरोना महामारी नियन्त्रण तथा रोकथामका लागि र कोरोना बाट सृजना भएको विषम परिस्थितिमा सरकारद्धारा वैशाख १६ गतेदेखि देशभर निषेधाज्ञा जारी गरिएको छ ।

निषेधाज्ञाका कारण दैनिक ज्लालादारी गरि जिवन चलाइरहेका तथा अति विपन्न परिवारको विहान बेलुकाको छाक टार्न निकै कठिनाई भइरहेको अवस्थालाई मध्यनजर गरि केहि राहत होस भन्ने उद्देश्यका साथ राहत वितरण गरिएको बडिमालिका पोलिक्लिनिकका प्रवन्ध निर्देशक जगदिश कुँवरले बताए ।

चौमालामा रहेको बडिमालिका पोलिक्लिनिकका प्रबन्ध निर्देशक जगदिश कुँवरको सभाध्यक्ष भएको उक्त राहत वितरण कार्यक्रमका प्रमुख अतिथि चुरे गाउँपालिका वडा नं. ४ का वडा अध्यक्ष कृष्ण मल्ल रहेको थिए ।

त्यसैगरी अतिथिमा सरस्वति आ. वि. का अध्यक्ष कर्ण बहादुर बरैँ, बसन्त हरियाली सा.व.का अध्यक्ष नर बहादुर बरैँ, सरस्वति आ.वि.का प्र.अ. राजेन्द्र बरैँ, समाजसेवि बुद्धिजिवी पुर्ण ब. तारामी, कृषि समुहका अध्यक्ष भावना साउँद, कलाकार जिवन गुरुङ्ग, बडिमालिका पोलिक्लिनिकको स्वास्थकर्मी खुशि सापकोटा र दुर्गा जोशि, रेडियो सुनौलो एफ.एमका स्टेशन म्यानेजर मञ्जु भण्डारी लगाएत स्थानियको सहभागितामा राहत वितरण गरिएको हो ।

राहत सामाग्रीमा खाद्यान्न लगाएत स्वास्थ्य सामाग्रीहरु त्यहाँका ५० घरपरिवारलाई वितरण गरिएको हो । यो महामारीको विषम परिस्थितिमा पनि घरदैलोमै पुगि राहत पाउँदा आफुहरु निकै खुशि भएको स्थानियले बताएका छन् । कार्यक्रमको सञ्चालन कैलालीको मसुरियामा रहेको रेडियो सुनौलो एफ.एमका प्रवन्ध निर्देशक खकेन्द्र जैशिले गरेका थिए ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।