२०८३ असार १४ आईतवार
२०८३ असार १४ आईतवार

सुदूरपश्चिम प्रदेश सभामा आजदेखि प्रि बजेट छलफल

सुदूरपश्चिम- सुदूरपश्चिम प्रदेश सभामा आज आइतबारदेखि प्रि बजेट छलफल हुने भएको छ। जेठ २१ गतेदेखि सुरु भएको प्रदेश सभाको आठौं अधिवेसन अन्तरगत आजदेखि आउँदो आर्थिक वर्षको बजेटबारे प्रि बजेट छलफल हुने भएको हो।

सभामुख अर्जुनबहादुर थापाले प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश शाहद्वारा आउँदो आर्थिक वर्षको बजेटको उदेश्य, प्राथमिकताहरु संसदमा प्रस्तुत गर्ने कार्यक्रम रहेको बताए । केही दिन प्रि बजेट छलफल चल्ने बताउँदै सभामुख थापाले संसदबाट प्राप्त सुझावका आधारमा असार १ गते नयाँ बजेट ल्याउने व्यवस्था रहेको बताए।

त्यस्तै २५ गतेसम्म प्रदेश सरकारको नीति तथा कार्यक्रम ल्याउने तयारी भइरहेको बताइएको छ। तर पछिल्लो राजनीतिक किचलो र महामारीका कारण नीति तथा कार्यक्रम ल्याउनमा भने ढिलाइ गरिएको छ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।