२०८३ असार १४ आईतवार
२०८३ असार १४ आईतवार

लागु औषध सहित कञ्चनपुरमा पाँच जना पक्राउ

कञ्चनपुर-  लागु औषधसहित जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले शनिबार पाँच जनालाई पक्राउ गरेको छ। 

विशेष सूचनाअनुसार प्रहरीले दोधारा चाँदनी नगरपालिका–१ पक्की पुलस्थित भारतको उत्तराखण्ड राज्यको जिल्ला चम्फावत ग्राम भजनपुर बस्ने २१ वर्षीय अमन चन्दलाई ११ दशमलव ८७ ग्राम खैरो हिरोइन सहित पक्राउ गरेको हो।

चन्दले चढेको भारतीय युके ०६ एइ ९७५८ नम्बरको मोटरसाइकलसमेत बरामद गरेको छ।

यसैगरी दोधारा चाँदनी नगरपालिका–६ बस्ने १८ वर्षीय आदीप मगर र सोही ठाउँ बस्ने १८ वर्षीय सार्थक शर्मालाई ६० मिलिग्राम खैरो हिरोइनसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापा क्षेत्रीले बताए ।

दुवै जनाले प्रयोग गरेको सुप प्रदेश ०२००३ प ३८०० नम्बरको मोटरसाइकलसमेत बरामद गरिएको छ।

पुनर्वास नगरपालिका–६ ‘ङ’ गाउँ बस्ने २३ वर्षीय मनोज सुनार र कैलालीको गोदावरी नगरपालिका–४ बस्ने २३ वर्षीय तेज विकलाई लागुऔषध नेट्राभेट ३४ ट्याबलेट र स्पामोबोकाप्लस १८ ट्याबलेटसहित सीमा क्षेत्रबाट पक्राउ गरिएको छ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।