सामाजिक संजालको बढ्दो प्रयोग साथै लोकप्रियताले कतिलाई मोडल बनायो त कतिलाई कलाकार ।तिनै संजाल मध्ये टिकटक जो अहिले अत्याधिक रुचाइएको संजाल बनेको छ ।आफ्नो निखारिएको कलाहरु छोटो समयमा धेरै देखाउन सक्नु नै टिकटकको खुबि हो ।



त्यहि टिकटकमा अहिले अर्घाखाँचीकि भाइरल आमा साचै नै संजालनै भरि भाईरल हुनुहुन्छ ।उहाको नाम देवका आचार्य हो ।उहाँ उमेरले निकै नै बृद्ध र अन्दाजि ८० बर्ष का`टिसकेकि हुनुहुन्छ ।उहाका टिकटक भिडियोहरु उहाकै नाति सोनु शर्माले टिकटकमा हालिदिने गर्छन् ।
आमा जति बृद्ध हुनुहुन्छ उतिनै तीखो उहाको बोली र व्यवहार छ ।उहाको ठट्यौलि सैलिको जो कोहि सहजै फ्यान भै हाल्छ ।रमाइलो गर्न नत उमेरले छेक्छ नत आफ्नो स्वास्थ स्थितिले नत आफ्नो अमिलो अतितले नै ,खुसि हुन र खोज्न जाने जा पनि र जहिले पनि हुनसकिने उहाँ एक जालन्त उदाहरण पनि हो ।
यी बृद्ध आमाको उमेर हो ८० बर्ष ।एक बर्ष अगाडि खुट्टा भाचिएछ र उपचार गर्ने आफुसग पैसा नभइसकेपछि यसरी ओछ्यानमा लम्पसार परेर बस्न सुत्न बिबस छिन् ।पीडा एकातिर अर्कोतिर उहाको सुत्ने सम्म नि खाट रहेनछ र उहाँ भुइमा सुत्न बाध्य हुनुहुदोरहेछ ।यस्तो बुढेसकालमा चिसो भुइले कति सताउदो हो आमालाई भन्दा बढि कस्लाई पो थाहा होला र ।
अहिले आफ्नो बृद्ध आमालाई स्याहार सुसार गर्दै बसेकिछिन् आफ्नै ६० बर्षिय छोरि। छोरा त थिए तर कहाँ छन् र फर्केर पनि नआउनु नभए जतिकै भएको गुनासो गर्नुहुन्छ ।आमाको कम्मरको हड्डि नै भाचिएको र खुट्टाले कामनै गर्न छोडेको र निरन्तर खुट्टा काम्दो रहेछ ।रोग त छदै थियो तर आर्थिक अवस्थानै शून्य भएपछि कतिदिन भोकभोकै सुत्नुपरेको र मागेर ल्याएर खुवाउने गरेको छोरी बताउँछिन् ।
आमालाई दम पनि छ ,एक्लि छोरिले आमाको हेरचाह त गर्दैछिन् तर आमालाई उपचारको निम्ति हस्पिटलसम्म पनि पुर्याउन नसकेको गुनासो गर्छिन् ।हचुवाको भरमा ओखति ल्याएर आमालाई दिने गरेको उनकै ६० बर्षिय छोरी बताउँछिन् ।आजको यश शृङ्खलामा तिनै आमाको बेदनालाई तपाईहरु सबै समक्ष पेश गर्दछौ ।

























