डडेल्धुरा- डडेल्धुराको अमरगढी नगरपालिकामा रहेको घटाल थानमा गाँजाका बोटहरु राखिएको छ । केही अपरिचित व्यक्तीहरुको समुहले अनुहारमा पलास्टिक बेरेर घटाल थानमा गाँजाका बोटहरु राखेको खुलेको छ ।
गाँजाको कसले राखे भन्ने जानकारी नभए पनी पछिल्लो समयमा नेपाल सरकारका पुर्व सचिव रहेका भीम उपाध्याय निकै चर्चामा छन् । उपाध्यायको अभियानमा युवाहरुले उनलाई निकै रुचाएको देखिन्छ । के घटाल थानमा भीम उपाध्याय कै अभियानमा डडेल्धुराका युवाहरुले गाँजा राखेका त होईनन् ?



उपाध्याय सामाजिक संञ्जाल फेसबुक बाटै अभियान सुचारु गरिर हुन्छन । कहिले बेसाहाराको शाहारा त कहिले विपत्तिमा सहयात्री। उनले पछिल्लो समयमा कोरोनाका कारणले खान समस्या भएका , अक्सिजन अभाव परिपुर्ति गर्ने हाम्रो नेपाल समुहलाई सहयोग गरिरहेका छन् ।
उनेले पछिल्लो ३ दिन देखि गाजा सच्तना समूह अभियान चालेका छन् । अभियानको मुख्य उद्वेश्य गाजा सम्बन्धि जानकारि दिनु हो यो अहिले ७७ जिल्लामा गठन भईसकेको छ अब गाउँ गाउँमा हुने बताउदै आएका छन् । आजका खबरदारि बहसमा उपाध्यायले गाँजाका बिषयमा संवाद गरेका थिए ।




























