२०८३ जेष्ठ ३० शनिबार
२०८३ जेष्ठ ३० शनिबार

बयालपाटा अस्पताललाई २१ करोड बजेट आवश्यक

अछाम- अछाम जिल्लाका सरोकारवालाहरु बयालपाटा अस्पतालको दीर्घकालिन आर्थिक व्यावस्थापनका लागि पहल गर्ने बिषयमा एकमत भएका छन्। आर्थिक बर्ष २०७८/७९ मा बयालपाटा अस्पताललाई बजेट बिनियोजित गराउन स्थानीय र प्रदेश सरकारलाई आग्रह गर्ने बिषयमा उनीहरु एकमत भएका हुन्।

अस्पतालको विकास र विस्तारका लागि जेठ २४ गते जिल्ला समन्वय समिति अछामको पहलमा अस्पतालको सेवा क्षेत्र भित्र रहेका अछामका सबै स्थानीय पालिका, बाजुराका केही स्थानीय पालिका र डोटीको पूर्वीचौकी गाँउपालिकाका प्रमुखसंग बैठक गर्ने निर्णय भएको छ।

बयालपाटा असपतालको सेवा दीर्घकालिन संचालन गर्न बजेटको व्यवस्थापन गर्ने बिषयमा शुक्रबार एक चरणको छलफल भएको  जिल्ला समन्वय समिति अछामका प्रमुख नर बहादुर कुवँरले बताए ।बैठकबाट सुदूरपश्चिम प्रदेश सरकारलाई अस्पतालका लागि बजेट बिनियोजित गर्न सामुहिक निर्णय गरेर पठाइने उनले बताए।

नेपाली कांग्रेस अछामका सभापति एवं पूर्व जिविस सभापति भरत कुमार स्वाँरले अस्पतालको दीर्घकालिन सेवा सचांलनमा कमी हुन नदिन आफूले पहल गर्ने बताए।

साँफेबगर नगरपालिकाका प्रमुख कुलबहादुर कुवँरले नगरले अस्पतालको दीर्घकालिन आर्थिक व्यावस्थापनमा हरेक बर्ष बजेट बिनियोजित गर्दै आएको र आउने दिनमा बजेटसंगै स्वास्थ्य बिमालाई पनि कडाईका साथ लागु गर्ने धारणा राखेका थिए।

अस्पतालमा दीर्घकालिन आर्थिक व्यावस्थापनका लागि प्रदेश सरकारलाई आफूले पटक पटक अनुरोध गरिहेको उनले बताए।स्वास्थ्य कार्यालय अछामका प्रमुख वरिष्ठ जनस्वास्थ्य अधिकृत झनकराज ढुंगानाले बयालपाटा असपताल ५० बेडको अनुमति प्राप्त अस्पताल भएकाले यसको आर्थिक व्यावस्थापनको जिम्मा प्रदेश सरकारले लिनुपर्नेमा जोड दिए।

अस्पतालको चालु आर्थिक बर्षको खर्च विवरण र आगमी वर्षका लागि आवश्यक पर्ने बजेट तथा अस्पतालले प्रदान गरिरहेको सेवाका बारेमा अस्पतालमा मेडिकल तथा शल्यचिकित्सा निर्देशक डा.मन्दीप पाठकले सहभागीलाई जानकारी गराएका थिए। आगामी आर्थिक बर्षमा अस्पतालका नियमित सेवा र कोरोना रोकथाम र नियन्त्रणमा गरेर २१ करोडको हाराहारीमा बजेट आवश्यक रहेको बताए।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।