२०८३ जेष्ठ ३० शनिबार
२०८३ जेष्ठ ३० शनिबार

१५ करोड पटक हेरियो कुटुमा कुटु

काठमाडौं- पछिल्लो समय गीतसंगीत मापन युट्युब मार्फत हुँदै आएको छ। हरेक गीतले  प्राप्त गर्ने युट्युब भ्युजको आधारमा लोकप्रियता र सफलताको मापन गरिँदै आएको छ। दर्शक–श्र्रोताले रुचाएका गीतले छोटो समयमा करोडौं भ्युज पाउने गरेका छन्।

डिजिटल प्लेटफर्मको युट्युबमा सर्वाधिक भ्युज कमाउन सफल भएको छ, कुटुमा कुटु सुपारी दाना। सन् २०१७ मा रिलिज भएको ‘कुटुमा कुटु’ बोलको गीतले दर्शकको भ्युजको रफ्तारलाई अहिले पनि छोडेको छैन।

नेपाली चलचित्र ‘दुई रुपैयाँ’मा समावेश यो गीतलाई युट्युबमा १५ करोड पटक हेरिएको छ। युट्युबमा १५ करोड पटक हेरिने यो पहिलो नेपाली गीत पनि बनेको छ।

यो गीत अहिले पनि हरेकजसो कार्यक्रममा बज्ने गरेको छ भने टिकटकमा लोकप्रिय बनिरहेको छ। राजनराज शिवाकोटीको शब्द तथा संगीतमा तयार भएको यो गीतमा राजनराज शिवाकोटी, राजन ईशान र मेलिना राईले स्वर दिएका छन्।

गीतको एरेन्जर राजन ईशानले गरेका छन्। करिब ६ मिनेट लामो गीतमा चलचित्र दुई रुपैयाँकी नायिका स्वस्तिमा खड्का, निश्चल बस्नेत, आसिफ शाह र बुद्धि तामाङले अभिनय गरेका छन्। 

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।