२०८१ आश्विन ४ शुक्रबार
२०८१ आश्विन ४ शुक्रबार

सुदुरको डडेल्धुरामा पहिलो पटक डोट्यालि संग्रालय स्थापना । समाजको पहिचान हुने युवाहरुको आशा र अपेक्षा

चन्द्र ऐर ( अजयमेरु)  डडेल्धुरा को अजयमेरु गाउपालिका ४ चिपुरमा डोट्यालि संग्रालय स्थापना गरिएको छ ।

‘जनयुद्ध’ बाट खारिएर आएका उनी चुनावका बेला जनताका बीचमा गरेका प्रतिबद्धता अनुसार गाउँपालिकाको समग्र बिकाशमा समर्पित छन्।

बिकाश–निर्माणलाई पनि रचनात्मक ढंगले गर्न रुचाउने उमेश अहिले फेरी अर्को सृजनशील कामले चर्चामा छन्।
अजयमेरु गाउँपालिका ४ चिपुरमा स्थापना भएको डोटेली संग्रहालयले उनको दुरदृष्टि देखाउछ। ‘नयाँ पिढीले आफ्नो कला, संस्कृति, सभ्यता, परम्परा र इतिहास बिर्सन लागिसके,’ उमेश भन्छन,‘तिनको संरक्षण र सम्बद्धन नगर्ने हो भने भावी पुस्ताले नै हामीलाई सराप्छ।

त्यसैले डोटेली संग्रहालयको स्थापना गरेका हौं।’ गाउँपालिकाको चिपुरमा एउटा सरकारी भवन भग्नावशेष अवस्थामा थियो। त्यसको मरम्मतसम्हार पछि संग्रहालयको रुप दिइएको छ।

अघिल्लो बर्ष मरम्मत गरिएको थियो भवन। अहिले सुदूरपश्चिमका पुराना ऐतिहासिक हातहतियार, पहिरन, भाडाकूडा, गरगहनालगायतका सामाग्रीको खोजी गरेर संग्रहालयमा राखिएका छन्।
तिनको अवलोकनको ब्यवस्था मिलाइएको छ। संग्रहालयमा ऐतिहासिक सामाग्रीका साथै गाउँपालिकाले पर्यटकीय र धार्मिक स्थलहरु समेटेर तयार पारेको ३० मिनेट लामो बृत्तचित्र पनि हेर्न सक्ने ब्यवस्था पनि गरिएको अध्यक्ष उमेश भट्टले बताए।

No description available.

‘इतिहासको जर्गेना गर्नुपर्छ। इतिहास लोप भयो भने फेरी खोज्न गाह्रो हुन्छ,’ उनी भन्छन्,‘पुराना शीप, शैली र कौसल नयाँ पुस्तालाई देखाउनुपर्छ। पुस्तान्तरण गर्दै लैजानुपर्छ भन्ने अभिप्रायले संग्रहालय स्थापना गरिएको हो।’
ऐतिहासिक डोटी राज्यको कुनै बेलाको राजधानी भएका कारण पनि अजयमेरु गाउँपालिकाको महत्व उच्च छ। अजयमेरु कोट डोटी राज्यको गृष्मकालीन राजधानी थियो। १४ औं शताब्दीका राजा नागी मल्लको शासनकाललाई स्वर्णिम युग मानिएको छ।

No description available.

त्यो बेला डोटी राज्यमा मठ,मन्दिर निर्माणले तिब्रता पाएको थियो। त्यही ऐतिहासिक बिरासतमा उभिएको अजयमेरु गाउँपालिकाको यो रचनात्मक कामलाई धेरैले सह्राना गरेका छन्। पालिकाले १० लाख रुपैया खर्चेर सुदूरको कला, संस्कृति र इतिहासको जर्गेनाको प्रयास गरेको हो।

No description available.

बिकाश भनेको पहाडी डाडाकाडाहरुलाई राताम्ये पारी सडक खन्नु मात्र होइन,’ एक स्थानीयले भने,‘त्यो भन्दा ठूलो बिकाश त मानिसहरुलाई आफ्नो इतिहास सम्झाउनु हो। गौरबबोध गराउनु हो।

त्यसको सुरुवात अजयमेरुले गरेको छ। अरु पालिकाहरुले पनि सिको गर्न सके मात्र समुन्नत सुदूरपश्चिमको परिकल्पना साकार हुनसक्छ।’

Picture of खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।