२०८३ बैशाख ६ आईतवार
२०८३ बैशाख ६ आईतवार

संसारकै अनौठो गाउँ, जो हजारौँ वर्षदेखि पानीमाथि बसेको छ

विश्वमा सबैजसो मानव सभ्यताको विकास नदीको किनारामा भएको पाइन्छ । नदी किनाराको उब्जाउ भूमिले सभ्यताको विकासमा एक अहम योगदान गरेको छ । त्यसैले मानिस, पानी र भूमिबीच निकै गहिरो सम्बन्ध छ । तर कतिपय मान्छेहरुको पानीसँगको सम्बन्ध यति गहन छ कि उनीहरु जमीनमा होइन पानीमै बसोबास गर्दछन् ।

चीनको फुजियान प्रान्तको निंग्डे क्षेत्रमा यो अनौठो गाउँ छ । सो गाउँ नै पूरै पानीमाथि रहेको छ ।

जिप्सी अफ द सी भनेर चिनिने त्यो गाउँको जनसंख्या झण्डै ७ हजार छ । उनीहरु सबैले माछा मारेर जीविका चलाउँदछन् ।

उक्त गाउँ १ हजार ३ सय वर्षदेखि त्यहाँ बसेको छ । गाउँलेहरु टंका जातिसँग सम्बन्धित छन् ।

उक्त गाउँमा सबै घर डुंगामाथि बनेका छन् । यो गाउँ फुजियानको सबैभन्दा लामो समुद्री तट हो । समुद्रको पानीमा तैरिने ती घरहरु काठबाट बनाइएको छ । घरमुनि निकै मजबुत प्लाटर्फम राखिएको हुन्छ । त्यसैले त्यहाँका घरहरु लामो समयसम्म टिकाउ हुन्छन् ।

गाउँमा एक ठाउँबाट अर्को ठाउँमा हिँड्नका लागि काठका कैयन् पुलहरु राखिएको छ ।

गाउँलेहरुको जीविकाको साधन नै माछा हो । उनीहरुले समुद्रमा ठूलो परिमाणमा माछा मार्दछन् र ती माछालाई बजारमा लगेर बेच्दछन् ।

सातौँ सताब्दीमा तांग राजवंशको शासनकालमा टंका जातिहरुमाथि निकै दमन तथा अत्याचार हुन्थ्यो । आफूहरुलाई निकै सताएपछि यो समुदायका मानिसहरु पानीमाथि बस्न थालेका हुन् ता कि शत्रुहरु आएर दु:ख नदिउन् ।

आधुनिक समयमा धेरै कुरा परिवर्तन भैसकेको छ, उनीहरुमाथि दमन तथा अत्याचार हुँदैन । तर पनि टंका समुदाय पानीमाथि बस्ने आफ्नो परम्परा छाड्न चाहँदैन ।

एजेन्सीको सहयोगमा

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।