डडेल्धुरा,२१ जेठ । कोरोना संक्रमण नियन्त्रणका लागि डडेल्धुरामा जारी भएको निषेधाज्ञा ९ दिनका लागि थपिएको छ ।



जिल्ला प्रशासन कार्यालय डडेल्धुराले केही खुकुलो पार्दै निषेधाज्ञालाई थप गरेको हो। प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेको अध्यक्षतामा बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले जेठ ३१ गतेसम्म निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो।
लकडाउन थप कडाइ गर्दै खाद्य सामग्रीका पसलहरू तीन दिन मात्र खुल्ने भएका छन्। अमरगढी नगरपालिका र भागेश्वर गाउँपालिकाको हकमा हप्तामा चार दिन आइतबार, मंगलबार, बिहीबार र शुक्रबार बिहान ७ बजेदेखि बिहान १० बजेसम्म खोल्न पाइने भएको हो। यसअघि तीन दिन मात्र खोल्न आदेश दिएको थियो।


Views: 185


















