धनगढी- नेपाली कांग्रेस संसदीय दलका नेता डा. रण बहादुर रावलले अहिलेको सुदूरपश्चिमको प्रदेश सरकार जुगाडको भरमा चलेको बताएका छन् ।शुक्रबारदेखि सुरु भएको सुदूरपश्चिम प्रदेश सभाको बजेट अधिवेशको क्रममा उनले सो कुरा बताएका हुन् ।



‘यो प्रश्न जनताको हो त्यसैले जनताको शब्द सापट लिएर म भन्दै छु, नेता रावलले भने,‘ सरकार कमिसनको भरमा चलेको छ । यो सरकार नेतामुखी भयो, नेताको गुलामी गर्ने मात्रै काम भयो । यस्तै उनले अब आउने बजेट जनमुखी बनाउनु पर्ने बताए ।
Views: 168

























