अत्तरिया- प्राणका लागी ५०० अभियान अन्र्तगत खबरदारी न्युज टिमले आज अत्तरिया चोकमा कोरोना सम्बन्धी जनचेतना मुलक व्यानर लगाएको छ ।



यस अघी डडेल्धुराका सबै स्थानीय तहमा कोरोना सम्बन्धी जनचेतना मुलक व्यानर लगाएको खबरदारी न्युज टिमले बालन्या थलीको सहयोगमा व्यानर लगाएका हुन् । अभियानले सिलिन्डर व्यवस्थापन , राहत वितरण , अक्सिमिटर वितरण , व्यानर लगाउने कामलाई निरन्तर राखेको छ ।
प्राणका लागी ५०० अभियानले बाजुरा, डोटि , डडेल्धुरा ,अछाममा १६० थान सिलिन्डर हस्तान्तरण गरिसकेको छ । यस्तै प्राणका लागी ५०० अभियान निरन्तर रहेको अभियानका संयोजक दिपक राज भट्टले बताए ।



Views: 128

























