२०८३ आश्विन १६ शुक्रबार
२०८३ आश्विन १६ शुक्रबार

बझाङमा कोठा भाडामा बस्ने पत्रकारका लागि खाद्यान्न बितरण

बझाङ – कोरोना भाईरसको संक्रमण दिन प्रतिदिन फैलिरहेका बेला अग्रपंतीमा रहेर काम गर्ने बझाङका पत्रकारहरुलाई खाद्यान्न वितरण गरिएको छ ।

नेपाल पत्रकार महासंघ बझाङ शाखाले समन्वय गरेर साईपाल गाउँपालिका धुली घर भएका राम बहादुर बोहोराको सहयोगमा जिल्ला सदरमुकाम चैनपुरमा कोठा भाडामा लिएर बसिरहेका पत्रकारहरुलाई खाद्यान्न वितरण गरिएको हो ।

महासंघले निषेधाज्ञाका कारण समस्यामा परेका १४ जना पत्रकारहरुलाई प्रति व्यक्ति १२ किलोग्राम चामल बितरण गरेको छ । महासंघका अध्यक्ष शेलेन्द्र रोकाया र सचिब ललित सिंह लगायतले विभिन्न निकाय ब्यक्तिहरु संग समन्वय गर्दै राहतका कार्यक्रमका गर्दै आएको रोकायाले बताए ।

पहिलो चरणमा साईपालका स्थानीय समाजसेबी रामबहादुर बोहराले सहयोग गरेको चामल सबैभन्दा बढी समस्या भएका पत्रकारहरुलाई बितरण गरेको सचिब ललित सिंहले जानकारी दिए ।

अन्य निकाय संग समन्वय गरेर यस कार्यलाई निरन्तरता दिने समेत उनले बताए । गत हप्ता महासंघले सबै रेडियोमा गएर स्वास्थ्य सामाग्री बितरण गर्नुका साथै पत्रकारहरुका समस्याका बारेमा समेत छलफल गरेको थियो ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।