२०८३ श्रावण ८ शुक्रबार
२०८३ श्रावण ८ शुक्रबार

दुर्व्यवहारको चिन्ताले कोरोना परीक्षण नगराउँदा जोखिम

बझाङ-  जेठ २ गते जयपृथ्वी नगरपालिका–४ गोलाइका ६४ वर्षीय वृद्धको मृत्यु भयो । मृत्युअघि खोकी लाग्ने, हातगोडा पोल्ने, हनहनी ज्वरो आउने, पखाला चल्ने जस्ता लक्षण देखिए पनि उनको कोरोना परीक्षण गरिएन ।

नत उपचारका लागि स्वास्थ्य संस्था नै ल्याइयो । परिवारका सदस्यले परीक्षण गरौं भन्दा उनले नै सामान्य रुघाखोकी हो ठीक भइहाल्छ भन्दै टारेको बताए ।

वैशाख १८ गते पनि जयपृथ्वी नगरपालिका–११, पिठालेकका एक जनाको उपचारका लागि धनगढी लैजाने क्रममा बाटैमा मृत्यु भयो । कोरोनाको जस्तै लक्षणहरू देखिएपछि ती ४५ वर्षीय पुरुषलाई १७ गते राति सदरमुकाममा रहेको एक निजी अस्पतालमा भर्ना गरिएको थियो । उनलाई अस्पतालले कोरोना परीक्षण नगरी थप उपचारका लागि धनगढी रेफर गरेको थियो ।

जिल्ला अस्पतालमा भर्ना गर्दा कोरोना परीक्षण हुने र रिपोर्ट पोजिटिभ आयो भने सामाजिक समस्यामा परिने डरले उनको परीक्षण नगरिएको हुन सक्ने स्वास्थ्य कार्यालयका सूचना अधिकारी नारायण जोशीले बताए । ‘निजी अस्पतालले पनि परीक्षण गर्न लगाउनुपर्ने थियो । त्यसो नगरेरै रेफर गरिदिएछ,’ उनले भने ।

यस्तै, वैशाख २० गते तल्कोट गाउँपालिका–१, रैसल्लीकी एक महिलाको कोरोना संक्रमणको कारण मृत्यु भयो । सदरमुकाम चैनपुरबाट घर जान हिँडेकी उनी साँझ घर पुग्न नसकेपछि बाटोमा पर्ने आफन्तको घरमा बास बसेकी थिइन् । भोलिपल्ट मृत भेटिइन् ।

काठमाडौंबाट आएकी उनलाई जिल्ला अस्पतालमा परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो । ‘तपाईंलाई लक्षण छ । अस्पताल भर्ना हुनुहोस् । निको भएपछि घर जानु होला भन्दा मान्नुभएन,’ जिल्ला अस्पतालका प्रमुख डा. सन्दीप ओखेडाले भने, ‘सायद संक्रमित भएको भनेपछि समाजका मान्छेले कस्तो व्यवहार गर्लान् भन्ने चिन्ताले होला, म घरमै बस्छु भनेर जानुभयो । उपचार गरेको भए उहाँको ज्यान जाने थिएन ।’

उसो त कोरोना संक्रमितलाई समाजले गर्ने व्यवहार पनि राम्रो छैन । जेठ ११ गते तल्कोट गाउँपालिकाका एक जना ५० वर्षीय संक्रमितलाई मस्टा गाउँपालिकामा दुर्व्यवहार गरियो । तल्कोटमा कोही पनि आफन्त नभएका ती संक्रमित लक्षण देखिन थालेपछि इस्ट मित्रको सहारा पाइएला भनेर छिमेकी मस्टा गाउँपालिकाको रिलु गएका थिए । तर उनले सोचेजस्तै इष्टमित्रको सहयोग पाउनुभन्दा पनि दुर्व्यव्यहार खेप्नुपर्‍यो ।

उनले आफू संक्रमित भएको सुनाएपछि गाउँलेले ढुंगा हानेर लखेटे । संक्रमण भएका उनी दुई दिनसम्म भोकभोकै बाहिरै बसिरहेको थाहा पाएपछि जेठ १३ गते तल्कोट गाउँपालिकाको दाँतोला स्वास्थ्य चौकीका इन्चार्ज राजु विकसहितका कर्मचारीले राति गएर उद्धार गरेका थिए ।

खबरदारी न्युज

खबरदारी न्युज

सिफारिस

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।