२०८३ श्रावण ८ शुक्रबार
२०८३ श्रावण ८ शुक्रबार

अमेरिकाले नेपाललाई कति खोप उपलब्ध गराउने

अमेरिकाले नेपाल लगायत विभिन्न देशलाई कोरोना विरुद्धको खोप दिने घोषणा गरेको छ ।

नेपालले ५० लाख डोज खोप प्राप्त गर्ने भनिए तापनि अहिलेसम्म कति परिमाणमा खोप दिने भन्ने बारे खुलाइएको छैन ।

नेपालस्थित अमेरिकी दूतावासले आफ्नो फेसबुकमार्फत कोरोना विरुद्धको खोप दिने घोषणा गरेको जानकारी गराएको हो ।

अमेरिकाले नेपाल लगायत एशियाका विभिन्न देशलाई कोभ्याक्समार्फत ७० लाख डोज खोप उपलबध गराउने भएको जनाइएको छ ।

अमेरिकाको उक्त घोषणाका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले ट्वीटरमार्फत धन्यवाद दिनु भएको छ ।

उनले कोभिडविरुद्ध खोप उपलब्ध गराउने घोषणामा अमेरिकी राष्ट्रपति जो बाइडेन र उपराष्ट्रपति कमला ह्यारिसलाई दिनु भएको छ ।

प्रधानमन्त्री ओलीले उक्त घोषणाले नेपाल र अमेरिकाबीचको मैत्रीपूर्ण सम्बन्ध अझ प्रगाढ हुने पनि ट्वीटमार्फत व्यक्त गर्नु भएको छ ।

संयुक्त राज्य अमेरिकाले एशियाका बिभिन्न १७ वटा देशलाई करिब ७० लाख डोज कोभिडविरुद्धको खोप उपलब्ध गराउने घोषणा गरेको छ ।

नेपाललाई दिइने भनिएको खोप पनि यसै घोषणा अन्तरगत पर्दछ ।

खबरदारी न्युज

खबरदारी न्युज

सिफारिस

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।