लाखौं विद्यार्थीहरुको भविष्यमाथि खेलबाड गर्ने
त्रिभुवन विश्वविद्यालय, उदासीनता, निकम्मा र
गैरजिम्मेवारी नेपाल सरकारको प्रवृत्ति प्रति सम्पूर्ण
विद्यार्थीहरु एक हौँ।
यही जेठ (जेष्ठ) मसान्तभित्र निकास दिन दबाब दिउँ, निर्णायक निकास नभए आ-आफ्नो कलेजमा धर्ना कार्यक्रम सुरु गरौँ।
स्नातक तह प्रथम बर्ष (Bachelor First Year) का लाखौं विद्यार्थीहरु 1st Year पढ्दापढ्दै SEE को दुईटा व्याज पास आउट भइसकेका छन।
+2 (एघार-बाह्र) को दोस्रो व्याज पनि पास आउट हुदैछ।
स्नातक तह दोस्रो, तेस्रो र चौथो (Bachelor 2nd, 3rd र 4th) वर्ष का सबै परिक्षा हरु भइसके।
कलेज-हरुले स्नातक तह प्रथम वर्षको भर्ना कार्यक्रम पनि सुरु गरिसकेका छन।
स्नातक तह प्रथम वर्षका लाखौं विद्यार्थीहरु तीन-तीन (3-3) वर्षसम्म पनि एउटै कक्षामा छन।
TU को लापरबाही का कारणले लाखौं विद्यार्थीहरु को भविष्य अन्यौल मा छ।
हाम्रा सबै विद्यार्थी संगठनहरूको मौनता देखेर साह्रै दु:ख लाग्छ।
सम्पूर्ण विद्यार्थीहरुले नेपाल सरकार, सबै विद्यार्थी संगठनहरु र त्रिभुवन विश्वविद्यालय लाई घचघच्याउन सक्दो सेयर गरिदिनु होला।
नेपाल आमाको जय!
Views: 149




























