२०८३ भाद्र २७ शनिबार
२०८३ भाद्र २७ शनिबार

दार्चुलाको खुलामञ्चमा द्धन्दकालका बेला लुकाइएको बम भेटियो

दार्चुला । दार्चुलामा सशस्त्र द्वन्द्वका बेला खुलामञ्चमा लुकाएर राखेको बम फेला परेको छ । जिल्ला सदरमुकामको महाकाली नगरपालिका–४ स्थित खुलामञ्चमा द्वन्द्वकालमा लुकाई राखेको अवस्थामा पाइप बम फेला परेको प्रहरीले जनाएको छ ।

कालो प्लास्टिकको सामानभित्र लुकाई छिपाई राखेको अवस्थामा पाइप बम फेला परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी नरेन्द्र चन्दले जानकारी दिए । सो बम अत्यन्तै पुरानो भएकाले द्वन्द्वकालको भएको जनाइएको छ ।

बिहीबार बिहान ११ बजेतिर मञ्चको मध्य भागमा मजदुरहरूले जमिन खन्ने क्रममा उक्त बम फेला पारेका हुन् । बेरिएको अवस्थामा शङ्कास्पद वस्तु फेला परेपछि प्रहरीलाई खबर गरेका थिए ।

प्रहरीले जिल्लास्थित गुरु गोरख गुल्मलाई खबर गर्दा तत्काल सेना खटिई बिहीबार नै बम डिस्पोज गरिसकेको छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।