२०८३ श्रावण ८ शुक्रबार
२०८३ श्रावण ८ शुक्रबार

डोटीमा निशेधाज्ञा जेठ ३१ गते सम्म लम्बियो

 डोटी : डोटी जिल्लामा चौथो पटक निशेधाज्ञाको समय थप गरिएको छ । बैशाख २१ गते राति १२ बजे देखी लागु भएको निशेधाज्ञा जेठ २२ गते राति १२ बजे सम्म जारि रहने भएको थियो आज बसेको जिल्ला कोभिड १९ संकट ब्यवस्थापन केन्द्रको बैठकले निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो ।

जिल्लामा कोरोना सक्रीय संक्रमितको संख्या दिनानुदिन बढीरहेकाले निशेधाज्ञा थप गर्ने निर्णय गरिएको डोटीका प्रमुख जिल्ला अधिकारी सुनिल खनालले जानकारी दिनु भएको छ ।

कसैले अध्यादेश बमोजिम कुनै काम गर्न बाधा गरेमा एक वर्ष कैद वा पाँच लाख रुपैयाँ जरिवाना, मापदण्डको पालना नगरेमा ६ महिना सम्म कैद वा तिन लाख रुपैयाँ सम्म जरिवाना र कुनै व्यक्तिले अध्यादेश बमोजिम दिईएको आदेशको पालना नरेमा एक लाख सम्म र संस्थाले उल्लंघन गरेमा पाँच लाख रुपैयाँ सम्म जरिवाना हुन सक्ने प्रमुख जिल्ला अधिकारी खनालले बताउनु भयो ।

त्यस्तै मास्क नलगाई सार्वजनिक स्थलमा आवतजाओत गरेमा पटकै पिच्छे एक सय रुपैयाँ, मानिसको आवतजाओतमा रोक लगाईएको ठाउँमा गएमा पटकै पिच्छे दुई सय रुपैयाँ, पास विना सवारी साधन सञ्चालन गरेमा दुई पाङ्ग्रे गाडीलाई पटकै पिच्छे दुई हजार रुपँया र अन्य सवारीसाधनलाई पटकै पिच्छे पाँच हजार रुपैयाँ जरिवान तिराईने जनाईएको छ ।

 

खबरदारी न्युज

खबरदारी न्युज

सिफारिस

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।