काठमाडौं – त्रिभुवन विश्वविद्यालयले विद्यार्थीहरुका लागि अत्यन्तै जरुरी सूचना जारी गरेको छ ।



त्रिवि शिक्षाध्यक्षको कार्यालय अनुसन्धान निर्देशनालय, कीर्तिपुरले सूचना जारी गरेको हो ।
त्रिविले अनुसन्धान कोष अन्तर्गतका सहकार्यात्मक र शोध प्रवन्ध अनुसन्धान परियोजना प्रस्तावको म्याद थप सम्बन्धी विशेष सूचना जारी गरेको छ ।
सूचनामा भनिएको छ, ‘त्रिभुवन विश्वविद्यालय, शिक्षाध्यक्षको कार्यालय, अनुसन्धान निर्देशनालय, त्रि.वि. कीर्तिपुरद्वारा आ.व. २०७७–७८ को कार्यक्रम अन्तर्गत त्रिभुवन विश्वविद्यालय अन्तर्गर्तका सम्पूर्ण अध्ययन संस्थान र संकायहरुवाट सहकार्यात्मक अनुसन्धान परियोजना र शोध प्रवन्ध अनुसन्धान परियोजनाका लागि

त्रि.वि. शिक्षक, विद्यार्थी–शोद्यार्थीहरुवाट मिति २०७८–२–१४ गते दिउँसो ४ः०० बजे भित्र यस निर्देशनालयमा आइपुग्ने गरी अनुसन्धान प्रस्ताव मिति २०७८ बैशाख १३ गते आव्हान गरिएकोमा कोभिड–१९ महामारीवाट देशमा सृजित वर्तमान वन्दावन्दीको कारण अनुसन्धान कर्ताहरुवाट आवश्यक संख्यामा अनुसन्धान प्रस्ताव पेश हुन
नसकेको हुदाँ यस निर्देशनालयको इमेल (तल सूचनामा छ) मा उक्त अनुसन्धान प्रस्ताव एवं आवश्यक कागजातहरु पेश गर्न म्याद सकिएको मिति देखी २०७८ जेष्ठ ३१ गते ४ः०० बजे सम्म समय सिमा थप गरिएको व्यहोरा सबै सरोकारवालाहरुलाई जानकारी गराईन्छ ।’


















