२०८३ बैशाख ५ शनिबार
२०८३ बैशाख ५ शनिबार

पञ्चेश्वर गाउँपालिकाले सवारी दुर्घटनामा परी ज्यान गुमाएका व्यक्तिका परिवारलाई आर्थिक सहयोग

महेन्द्रनगर –  पञ्चेश्वर गाउँपालिकाले सवारी दुर्घटनामा परी ज्यान गुमाएका व्यक्तिका परिवारलाई आर्थिक सहयोग गर्ने भएको छ ।

पञ्चेश्वर ६ मा गत वैशाख २० गते चट्याङ लागेर मृत्यु भएका वडा सदस्य गोविन्द सिंह भण्डारीको शव अस्पताल लैजाने क्रममा जीप दुर्घटना हुँदा ५ जानको ज्यान गएको थियो ।

गाउँपालिकाले वडा सदस्य भण्डारी सहित दुर्घटनामा मृत्यु भएका सबैका परिवारलाई सहयोग गर्न लागेको हो ।

गाउँपालिकाले वडा सदस्य भण्डारीका परिवारलाई चार लाख र अन्यलाई प्रति परिवार एक÷एक लाख सहयोग गर्न लागेको अध्यक्ष गोरख बहादुर चन्दले बताए ।

यस अघि मृतकका परिवारलाई तत्काल ५० हजारका दरले सहयोग गरिएको थियो । ‘मृतकका परिवारलाई व्यवसाय गर्नका लागि एक लाखका दरले सहयोग दिने निर्णय समेत भएको छ, दुर्घटनामा घाइते र मृत्यु भएका गरी १० परिवारका लागि महिला लक्षित कार्यक्रमबाट यसै आर्थिक वर्षमा अनुदान दिनेसमेत निर्णय गरेका हौं’ अध्यक्ष चन्दले भने ।

दुर्घटनामा घरका पुरुष मानिस बितेपछि महिलाहरुलाई जीविकोपार्जनमा समस्या भएकोले व्यावसायिक अनुदान दिने निर्णय भएको अध्यक्ष चन्दले बताए ।

उनीहरुका सन्तानलाई उच्च शिक्षा अध्ययनका लागि छात्रवृति उपलब्ध गराउने निर्णय पनि गरिएको छ । दुर्घटनामा घाइते भएका व्यक्तिको उपचार खर्चको आधा गाउँपालिकाले व्यहोर्ने भएको छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।