२०८३ कार्तिक १६ आईतवार
२०८३ कार्तिक १६ आईतवार

मलासमा पहिलाे पटक खानेपानी याेजना

डडेल्धुरा- डोटी राज्यको ऐतिहासिक महत्व वोकेको हजारौ बर्ष पुरानो बस्ती डडेल्धुराको परशुराम–७ मलासमा नगरपालिका र ग्रामिण जलस्रोत व्यवस्थापन परियोजना (आरभीडव्लुआरएम्पी) को पहलमा पहिलो पटक खानेपानी पुगेको हो ।
राणाशासन , पञ्चायत र लोकतान्त्रीक व्यवस्थाले मलासमा अन्य विकास त परै जावोस खानेपानी पुगाउन सकेको थिएन । ।
जव नेपालमा संघियता आयो तत् पश्चात परशुराम नगरपालिका फिनल्याण्ड सरकारको म्याचिङ फण्डवाट ग्रामिण जलस्रोत व्यवस्थापन परियोजना (आरभिडब्लुआरएम्पी) स्थानीय साझेदारी गैरसकारी संस्था एकिकृत बिकास समाज आईडिईयसले मलासको डाडामा पुगाएको हो ।
परशुराम नगरपालिका फिनल्याण्ड सरकारको ९५ लाख र २५ हजार जनश्रमदानवाट मलासमा खानेपानी पुगेको हो ।
विगत देखी मलासमा घण्टौ लगाए घट्टे खोलावाट पानीको जोहो गरी २० देखी ४० लिटरका गेलन बोक्ने समस्या स्थानीयको रहेको थियो ।
अहिले मलासको बस्तीमा धारामा पानि झरेको देख्दा सर्वत्र खुसी छाएको छ भने मलासमा निर्माण गरीएका धाराका फोटो हरुमा सामाजिक सञ्जालमा पनि बधाईका कमेण्टको ओईरो लागेको छ ।
नेपाली काँग्रेसका तर्फवाट परशुराम नगरपालिकाको मेयरमा उमेदवारी दिन आउदा मेयर भीम बहादुर साउँदले ५ बर्षको अवधीमा मलासमा खानेपानी पुगाउँने वाचाँ २०७४ को चुनाव पुर्व गरेका थिए ।
मेयरको वाचाँ र भाषणमा सम्भव होला र मुहान कहाँ मिल्ला भनेर स्थानीयमा ठूलो बहस चलेको स्थानीय बुद्वि सिंह धामीले वताए ।
तर चार बर्ष भित्रै मेयरको कोशेली स्वरुप परशुराम नगरपालिका र आरभिडब्लुआरएम्पी सयुक्त पहलमा मलस डाडाको बस्ती बस्तीमा पहिलो पटक सोलार लिफट् प्रणाली द्वारा खानेपानी पुग्दा आफुहरु धेरै खुसी भएको मलासवासी जनता र खानेपानी उपभोत्ता समित अध्यक्ष जय बहादुर धामी बताए ।
१ घर १ धारा अनरुप १७० घरधुरी रहेको मलासमा ७५ घरधुरीलाई पहिलो चरणमा स्वच्छ पिउने पानी पुगेका स्थानीय बुद्विसिंह धामीले जानकारी दिए ।
मलासको डाडाँमा पानी पुग्ला भन्ने सोचेका थिएनौ, आफुहरुले धारामा पानी पुगेको देख्दा चमत्कार भएको अनुभती स्थानीयले गरेका छन । साकारात्मक सोचले गर्न चाहेमा असम्भव केही नहुने तितो सत्यलाई खोलाको पानी मलास डाडाँको बस्ती बस्तीमा परशुराम नगरपालिका नगर–प्रमुख भीम बहादुर साउँद र (आरभिडब्लुआरएम्पी)को सयुक्त पहलमा पुगाएको यथार्तताले देखाएको छ ।
बर्षाै देखी खानेपानीको समस्या झेल्दै आएको परशुराम –७ का कशान, भुमीथला, दधिगडा, नौला, बड्मिलास, पिपलकोट, तालगडा, खोरीया, काजलीगडा, गैरीखान र वतासे मध्येका अधिकान्स बस्तीमा पहिलो पटक खानेपानी पुगेको छ ।
उक्त खानेपानी योजनाको नगरपालिकाको टोलीले सोमवार अनुगमन र उद्घाटन गरेको छ ।
नगर प्रमुख भीम बहादुर साउँदले धाराको टुटी खोली पानि खसाली उद्घाटन गरेका हुन ।
नगर–प्रमुख भिम बहादुर साउँद, उप–प्रमुख,कलावती देबी बोहरा, प्रमुख प्रशासकिय, अधिकृत तारानाथ पनेरु, प्राबिधिक, स्वस्थ्य कर्मी र सुरक्षा निकाय सहितको टोलीले खानेपानी संगै अन्य योजना अनुगमन गरेको हो ।
सोही दौरानमा परशुराम नगगरपालिकाका नगर प्रमुख भिम बहादुर साउँद ले नेपाली काँग्रेस पार्टीको तर्फवाट नगर–प्रमुख पदमा उमेद्वारी दिदै गर्दा मलासको विकासका लागि प्रतिबद्व रहेको बोलेका थिए ।
सोमवार फेरी मलास पुगि आफुले बोलेको वाचाँ पुरा गरेको अनुभुती भएको साउँले बताएका छन ।
कञ्चनपुर , सादनीवाट, वडा.न ८ वाट सडक सञ्जाल मलासमा जोर्डीको छ र स्तरोन्तीको काम पनि छिट्टै गरिने छ । दुर्गम बस्ती भित्र सुन्दरता लुकेको वडा.न ७ मलास लाई नगरको अनुभुती दिलाउन अझै नगरको प्रयास जारी रहेको प्रमुख प्रशासकिय अधिकृत तारानाथ पनेरुले वताए ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।