बैतडी- बैतडीको सुर्नया गाउँपालिकाका युवाहरुले बिरामीलाई बोक्न निःशुल्क एम्बुलेन्सको व्यस्था गरेका छन्। पत्ताल भुवनेश्वर युवा जागरण मञ्च(प्रवास) र नेचुरल अर्गनाइजेसन बैतडीको संयुक्त आयोजनामा कोरोना महामारी अबधीमा बिरामी बोक्न निःशुल्क गाडीको व्यवस्था गरेका हुन्। एम्बुलेन्स सेवा संचालन गर्न स्थानिय निकायलाई युवाहरुले खबरदारी गरेका थिए।



स। तर स्थानिय निकायको तर्फबाट कुनै सकारात्मक प्रतिउत्तर नआएपश्चात देश विदेशमा रहेका सुर्नया बासीयुवाहरु कोरोना आफै सक्रिय भएर समाजसेवामा लागेका हुन्।
माहामारीमा जुनसुकै बिरामीलाई पनि गाउँबाट निःशुल्क अस्पताल सम्म पुर्याउन गाडीको व्यवस्था गरेको पत्ताल भुवनेश्वर युवा जागरण मञ्चका उपाध्यक्ष बिनोद बिष्टले बताए। गाउँपालिकामा एम्बुलेन्स नभएका बेला युवाहरुले आर्थिक संकलन गरेर निःशुल्क गाडीको व्यवस्था गरेको उनले बताए।
कोरोना संक्रमण रोकथामका लागि जारी निषेधाज्ञामा सवारी साधनको अभावले बिरामीहरुलाई समस्या नहोस् भनेर आकस्मिक एम्बुलेन्स सेवा सञ्चालन गरिएको बिष्टले बताए।

























