२०८३ बैशाख ५ शनिबार
२०८३ बैशाख ५ शनिबार

डडेल्धुराका साना व्यवसायी निषेधाज्ञाका कारण मर्कामा

डडेल्धुरा – कोरोनाका कारण जिल्लामा निषेधाज्ञा शुरु भएपछि डडेल्धुराका साना व्यवसायी मर्कामा परेका छन ।

उत्पादन गरिएका वस्तुहरु निषेधाज्ञाका कारण विक्रि गर्न नपाउदाँ यहाँका साना व्यवसायीहरु संकटमा परेका हुन । उत्पादित बाँस, निगालोका सामग्रीहरु विक्रि गर्दै दैनिकी चलाउने उनिहरुलाई सामग्री विक्रि नहुँदा के खाने भन्ने चिन्ताले पिरोल्न थालेको छ ।

यहाँका साना उद्यमीहरुले दैनिकी चलाउनका लागी बाँस तथा निगालोबाट अनाज राख्ने भकारो, डोको, डालो, नाङलो, छाप्रा आदी बनाउने गर्दछन ।

तर कोरोना महामारीका कारण जिल्ला प्रशासन कार्यालयले जारी गरेको निषेधाज्ञाले गर्दा उनिहरुले बनाइएका सामग्री बेच्न पाएका छैनन ।

कोरोनाको महामारी रोक्न भन्दै प्रशासनले करिब १ महिना भन्दा अघी देखी जिल्लामा निषेधाज्ञा जारी गरेको छ । निषेधाज्ञाले गर्दा निर्माण गरिएको सामग्री बिक्रि नभई घरमै थन्किए पछि अमरगढीका दलित उद्यमी समुदाय संकटमा परेका छन ।

गाउँघरमा ज्याला मजदुरी गरी खाने अवस्था पनि नभएको र आफ्नो पुख्र्यौली पेशाको कामकाज पनि अनिश्चितकालिन बन्द भए पछि उनिहरु तनाबमा छन ।

बाँस र निगालोबाट घरायसी सामाग्री बनाई गाउँगाउँ पुगी बिक्रि गरी गुजारा गर्ने दलित समुदायलाई उत्पादन गरेका सामाग्री बिक्रि नहुँदा जीविकोपार्जनमा समस्या भएको छ ।

यहाँ उत्पादित बाँसनिगालो कृषिजन्य सामग्रीहरु डडेलधुरा लगायत डोटी र तराईका जिल्ला कैलाली, कञ्चनपुरमा बढी बिक्रि गर्ने हुने गरेको उद्यमीहरु बताउँछन ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।