२०८३ बैशाख ५ शनिबार
२०८३ बैशाख ५ शनिबार

निषेधाज्ञा केहि खुकुलो बनाएर जेठ मसान्तसम्म कायमै, बैंक तथा बीमा कम्पनी खोल्न पाउने

काठमाडौं- काठमाडौं उपत्यकाभित्रका प्रमुख जिल्ला अधिकारीहरुको छलफल सकिएको छ । निषेधाज्ञालाई जेठ मसान्तसम्म कायमै राखिने विषयमा छलफल भएको ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डी प्रसाद निरौलाले जानकारी दिए । उनले भने ‘निषेधाज्ञालाई केहि खुकुलो बनाएर जेठ मसान्तसम्म कायम राखिने छलफल भएको छ तर आधिकारिक निर्णय भने भोलि बिहान मात्रै हुने छ ।’

छलफलमा बैंक तथा वित्तीय संस्था, बीमा कम्पनीहरुका केहि शाखा कार्यालयहरु स्वास्थ्य मापदण्ड अपनाएर खोल्न दिने विषयमा पनि छलफल भएको निरौलाले जानकारी दिए । प्रमुख जिल्ला अधिकारीहरुको निर्णय अनुसार जेठ २० पछि  किराना पसल तथा डिपार्टमेन्टल स्टोरहरु पनि खोल्न दिइने भएको छ ।

सार्वजनिक निजी निर्माणलाई वैज्ञानिक विधिबाट सञ्चालन हुन दिने विषयमा पनि छलफल भएको छ । खाद्यान्न पसलहरु भने खोल्न दिइने विषयमा सबैको सहमति रहेको छ । बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीहरुलाई पनि खोल्न दिइने विषयमा छलफल भएको निरौलाले जानकारी दिए । केहि छलफलको विषय बाँकी रहेकोले निर्णय भोलि गरिने उनले बताए ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।