२०८३ बैशाख ५ शनिबार
२०८३ बैशाख ५ शनिबार

मालाखेती अस्पताललाई अक्सिजन सिलिण्डर सहयोग

कैलालीको अत्तरियामा रहेको मालाखेती अस्पताललाई  बुधबार अक्सिजन सिलिण्डर सहयोग गरिएको छ । ‘मानवका लागि मानवियता’ भन्ने मुल नाराका साथ जनता बचाउ सुप युवा सहयोग अभियानले अस्पताललाई अक्सिजन सिलिण्डर तथा स्वास्थ्य सुरक्षाका सामग्रीहरु सहयोग गरेको हो ।

अस्पतालमा कोरोनाका बिरामीहरुको सहज रुपमा उपचार होस भन्ने उद्देश्यले कोभिड – १९ आईसोलेसन वार्डमा आवश्यक पर्ने अक्सिजन सहित अन्य स्वास्थ्य सुरक्षाका सामग्रीहरु सहयोग गरेको अभियानका अभियान्ता  निर्मल बिष्टले बताए ।

उनले कोरोनाको महामारीका बिच अक्सिजन अभावले गर्दा यहाँका धेरै नागरिकहरुले अकालमै ज्यान गुमाएको बताए ।  उनले अव अक्सिजन अभावकै कारण कसैले पनि अकालमै ज्यान गुमाउन नपरोस भनेर सबै साथीहरुको सहयोगले सामग्री अस्पताललाई सहयोग गरेको बताए । 
कोरोना महामारीका बिच विदेशमा रहेका आफ्ना साथीहरुको मुख्य सहयोगले आफुले अस्पताललाई उक्त सामग्रीहरु उपलब्ध गराएको उनले बताए ।

अभियान अन्तरगत ७ थान अक्सिजन सिलिण्डर, सेनिटाईजर (सानो) ४ बोतल, सेनिटाईजर (ठुलो) २५ लिटर, पिपिई सेट ५ थान, डिस्पोजल ग्लब्स २ सय जोडी, सर्जिकल मास्क १ हजार ७ सय ५० पिस र फेस सिल्ड ३० वटा अस्पताललाई सहयोग गरिएको थियो ।

सहयोग गरिएको उक्त सामग्री अभियानका संयोजक विष्टले गोदावरी नगरपालिकाका नगरप्रमुख हरि सिँह साउँदलाई हस्तान्तरण गरेको बताए ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।