२०८३ जेष्ठ १२ मंगलवार
२०८३ जेष्ठ १२ मंगलवार

लकडाउनमा बन तथा बन्यजन्तु तस्करी नियन्त्रण गर्न कञ्चनपुरमा ड्रोन गस्ती

कञ्चनपुर- कञ्चनपुरमा तस्करी नियन्त्रण गर्न ड्रोन क्यामेरा गस्ती गरिने भएको छ । लकडाउनमा बन तथा बन्यजन्तु तस्करी हुन नदिन ड्रोन गस्ति गरिने डिभिजन बन कार्यालय कञ्चनपुरले जनाएको छ । लकडाउन अवधीमा तस्करी हुनसक्ने सम्भावित तस्करीलाई मध्यनजर गर्दै जिल्लाका बन तथा निकुञ्जमा ड्रोनगस्ति गरिने डिभिजन बन कार्यालय कञ्चनपुरका डिभिजनल अधिकृत अजय विक्रम मानन्धरले बताए ।

‘सधै पैदल,साइकल,घोडा,हात्ती,सवारी गस्ति गरेर तस्करी नियन्त्रण गर्न हुने चुनौती र लकडाउनमा हुन सक्ने तस्करीलाई मध्यनजर गर्दै ड्रोन गस्ति शुरु गरिएको हो ।’ उनले भने ‘ एक ठाउँमा बसेर ड्रोन मार्फत बन तथा बन्यजन्तुको निगरानी गर्न सकिने र अरु गस्ति भन्दा प्रभावकारी हुने भएकोले यो गस्ति शुरु गरिएको हो ।’ उक्त गस्ति दिउँसोको समयमा हुने तस्करी नियन्त्रणका लागि निकै प्रभावकारी हुने अधिकृत मानन्धरले बताए ।

‘ड्रोन गस्ति दिउँसोको समयमा हुने चोरी सिकार नियन्त्रणाका लागि निकै अरु गस्ति भन्दा निकै प्रभावकारी हुन्छ ।’ उनले भने ‘रातीको सममा भने पैदल वा सवारी गस्ति नै गर्नु पर्छ ।’ हाल डिभिजन बन कार्यालय कञ्चनपुरले ड्रोन गस्तिका लागि २ वटा ड्रोन भाडामा सञ्चालन गरेको उनले बताए । ‘तत्काल परिक्षणका लागि हामीले २ वटा ड्रोन क्यामेरा भाडामा ल्याएका छौ ।’ डिभिजनल अधिकृत मानन्धरले भने ‘यसको प्रभावकारीताको मुल्याङक पछि हामीले ड्रोन क्यामेरा खरिद गर्ने योजना बनाएका छौ ।’

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।