२०८१ आश्विन ४ शुक्रबार
२०८१ आश्विन ४ शुक्रबार

उपत्यकामा कोरोना भयावह रुपमा फैलियो सर्वसाधारण र सवारी चालकको लापरवाहीले

लकडाउन खुलेपछि सरकार, मजदुर नेता र यातायात व्यावसायीबीच कोरोना महामारी बाबजुद पनि सवारीसाधन सञ्चालन गर्ने सहमति भएको थियो।

सवारीसाधनमा स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरिनुपर्ने, सवारीसाधनभित्र स्यानिटाइजर तथा मास्क राख्नुपर्ने सहमति भएको हो। तर सहमतिविपरीत यातायात व्यवसायी र मजदुरले सवारीसाधन सञ्चालन गरिरहेका छन्।

जसको परिणाम काठमाडौं उपत्यकामा सञ्चालित सवारीसाधनका चालकमा कोरोना देखिएको छ। सवारीसाधनका चालकले स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाई सञ्चालन गर्दा संक्रमण फैलिँदै गएको हो।

लकडाउन खुलेपछि सार्वजनिक यातायात सञ्चालन आएको छ। सडकमा निस्कँदा यात्रु तथा सवारी चालकले स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएका छैनन्। पसलमा जाँदा होस् वा बाहिर निस्कँदा न्यूनतम स्वास्थ्य सुरक्षा मापदण्ड अपनाई हिँड्नेको ताँती छ।

उपत्यका प्रवेश नाकामा मानिसहरुको कोरोना परीक्षण गरिएको छ। अहिलेसम्म सरकारले १० हजार ८ सय २७ जनाको नमुना संकलन गरिसकेको छ। सार्वजनिक यातायात सञ्चालनमा आएपछि लकडाउन अगाडि गाउँ गएका मानिस काठमाडौ आउन थालेका छन्।

सर्वसाधारण, मजदुर वा सार्वजनिक यातायातका सवारी चालक उपत्यकाको विभिन्न नाका हुँदै काठमाडौं प्रवेश गरिरहेका छन्। उपत्यका प्रवेश गर्ने मानिसको नाकामा कोरोना परीक्षण भइरहेको छ।

हालसम्म २५ जना भन्दा बढीमा कोरोना पोजेटिभ देखिइसकेको छ। नमुना परीक्षण गरेर धमाधम उपत्यका प्रवेश गर्नेलाई घर पठाउँदा संक्रमण फैलने आशंका बढ्दै गएको काठमाडौं उपत्यकामा सञ्चालित सार्वजनिक यातायातका सवारी चालकमा पनि कोरोना पुष्टि भएको छ।

आइतबार टेम्पु चालकमा कोरोना पुष्टि भएको हो। उक्त चालकले शंखमुल–थापागाउँ–अनामनगर–रत्नपार्क रुटमा ट्याम्पो चलाउँदै आएका थिए। यस अवधिमा उनको टेम्पुमा कति यात्रुले सवार गरे त्यो अहिलेसम्म जानकारीमा आएको छैन।

न त उनको कुनै ट्राभल हिस्ट्री राखिएको छ। उनको यात्रा अवधिमा धेरै मानिससँग सम्पर्क भएको हुन सक्छ। यात्रुदेखि सवारीसाधन मर्मत गर्न मेकानिकलाई सम्पर्क गरेको बताइएको छ।

सार्वजनिक यातायात सञ्चालन गर्न यातायात व्यवसायी र मजदुर नेताहरुले मजदुरको स्वास्थ्य सुरक्षाको ग्यारेण्टी हुनुपर्ने सहमति भएपछि सवारी सञ्चालन गरेका थिए।

Picture of खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।