२०८३ बैशाख ३१ बिहीबार
२०८३ बैशाख ३१ बिहीबार

कैलाली र कञ्चनपुरमा विद्युत सेवा अवरुद्ध

धनगढी-  मंगलबार बिहान आएको हावाहुरीका कारण ठाउँ–ठाउँमा पोल भाँचिएर ढलेपछि कैलाली र कञ्चनपुरमा विद्युत सेवा अवरुद्ध भएको छ ।

प्रदेशको अस्थायी राजधानी धनगढीसहित महेन्द्रनगर, टीकापुर, लम्किचुहा, झलारी लगायतका मुख्य शहर क्षेत्र र ग्रामीण भेगमा विद्युत सेवा अवरुद्ध भएको नेपाल विद्युत प्राधिकरण प्रादेशिक कार्यालय अत्तरियाले जनाएको छ ।

प्रादेशिक कार्यालयका अनुसार कतिपय ठाउँमा रूख ढलेर तार चुडिएको बताउँदै अधिकांश स्थानमा सिमेन्टका पोल भाँचिएकाले विद्युत आपूर्ति ठप्प भएको  हो ।

दुवै जिल्लामा लाइन मर्मत सम्भारका लागि प्राविधिक टोली खटाए पनि सीमित जनशक्ति हुँदा सेवा सुचारू गर्न केही समय लाग्ने नेपाल विद्युत प्राधिकरण प्रादेशिक कार्यालय अत्तरियाले जनाएको छ । 

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।