२०८३ बैशाख ३१ बिहीबार
२०८३ बैशाख ३१ बिहीबार

महाकाली अस्पतालमा ब्ल्याक फंगसको पहिचान र उपचारको पूर्वतयारी सुरु

महेन्द्रनगर – कोरोनामुक्त भएका र संक्रमितमा देखिने ब्ल्याक फंगस रोगको लागि महाकाली अस्पतालले तयारी थालेको छ । अस्पतालमा हालसम्म यस्ता बिरामी फेला नपरे पनि पहिचान र उपचारको पूर्वतयारी सुरु गरिएको हो । अस्पतालले ब्ल्याक फंगसका लागि औषधिको व्यवस्थापनदेखि स्वास्थ्यकर्मीसंँग पनि उपचार र रोकथामका लागि छलफल गरिएको छ ।

देशका विभिन्न स्थानमा छिटफुट मात्रामा देखिन थालेपछि यहाँ पनि पूर्वतयारी सुरु गरिएको महाकाली अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा। हरि श्रेष्ठले बताए । ‘यसका लागि आवश्यक औषधिको व्यवस्थापनदेखि ईएनटी डाक्टरसंँग पनि नियमित छलफल भइरहेको छ,’ उनले भने, ‘रोकथामका लागि पनि विभिन्न उपायका विषयमा छलफल भइरहेको छ ।’

बमम तभहबक मबलअभ दबच।
वयकजष् खबमब उबकब िद्द
उनले फंगसको औषधि यहाँ नपाइने भएकाले बाहिरबाट मगाइएको बताए । डा। श्रेष्ठका अनुसार कोरोना संक्रमित बिरामीहरूमा प्रयोग हुने औषधि र लामो समयसम्म अक्सिजनको प्रयोगले ब्ल्याक फंगसको जोखिम हुने भएकाले यसतर्फ संक्रमित र चिकित्सक दुवैले ध्यान दिनुपर्ने हुन्छ ।

बमम उबमmब जयकउष्तब
ियता सेती प्रादेशिक अस्पताल धनगढीले भने ब्ल्याक फंगसका लागि कुनै पुर्व तयारी हुन नसकेको जनाएको छ ।

अस्पतालका चिकित्सकहरूले हालसम्म ब्ल्याक फंगसका बिरामीहरू जानकारीमा नआएको बताएका छन । ‘यस प्रकारका बिरामीहरू छन् या छैनन् भन्ने यकिन हुन सकेको छैन,’ कन्सल्ट्यान्ट फिजिसियन डा। शेरबहादुर कमरले भने, ‘छिमेकी ठाउँसम्म पुगिसकेकाले यहाँ पनि अध्ययन र उपचार व्यवस्थाको तयारीमा बस्नुपर्ने देखिएको छ ।’

ब्ल्याक फंगस कडा प्रकारको कोरोना संक्रमणबाट निको भएका बिरामीहरूमा देखा पर्ने रोग हो । संक्रमितलाई एचडीयू वा आईसीयूमा राख्दा अक्सिजन र स्टेरोइड औषधि दिएर निमोनियाको उपचार गरिन्छ । यसको प्रतिफल शरीरमा प्रतिरोधात्मक क्षमता घट्दै जान्छ र अक्सिजनको चिसोले ब्ल्याक फंगस उत्पन्न हुन सक्ने सम्भावना रहने चिकित्सकहरूले बताएका छन ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।