दिपकराज भट्ट (डडेल्धुरा) – विश्व महामारिकाे रुपमा रहेकाे काेराेना भाईरसले देश थला परेकाे समयमा डडेल्धुरा पनि यस बाट अछुतो रहन सकेकाे छैन् ।



जिल्ला प्रशासन कार्यालय डडेल्धुराले पनि काेराेना राेकथाम गर्नका लागि लकडाउनु अबिधि थप्दै गएकाे समयमा यता जिल्ला सदरमुकाम मै रहेकाे भिदत्त राजमार्गमा सुरक्षा सामग्री बिना नै कामदारहरु ज्यान जाेखिममा राखेर काम गरिरहेकाे देख्न सकिन्छ । कामदारहरु भन्छन् ठेकेदारले हामीलाई सुरक्षा समग्री दिदैन पेट पाल्नुका लागि काम गर्नै पर्ने बाध्यता छ।
ज्यानकाे माया त लाग्छ राेग भन्दा बढि भाेगकाे चिन्ता छ हामीलाई । सरकारकाे नियम अनुसार निर्माण व्यवसायिले काम गराउदा न्यनतम सुरक्षाका सामग्री लगाएर काम गर्ने भने पनि यता कामदाहरु संग कुनै सुरक्षा सामग्री छैन्।
यस बिषयमा जिल्ला प्रशासन कार्यालय डडेल्धुरा लाई बुझ्दा हामीले सुचना जारि नै गरेका छाै पहिलाे जिम्मेवारी दुई पक्षकै हुन्छ , अनुगमन गर्ने जिम्मा काम गराउने कार्यालयकाे हाे । हामी यस बिषयमा थप बुझ्ने छाै ।
फाेटाे: डडेल्धुरा जिल्ला सदरमुकाम भिमदत्त राजमार्ग काे स्याउलेमा कामदारहरु ज्यान जाेखिममा राखेर काम गर्दै / ठेकेदार गैर जिम्मेवार बन्दै



























