दिपक राज भट्ट – डडेल्धुरा जिल्ला सदरमुकाममा रहेकाे सात पहाडी जिल्लाकाे केन्द्रकाे रुपमा रहेकाे डडेल्धुरा अस्पताल लाई महिला मुक्ति समाज डडेल्धुराले रु २११११( ऐक्कईस हजार एक सय एघार रुपैया ) सहयाेग गरेकाे छ ।



उक्त रकम महिला मुक्ति समाज डडेल्धुरा संयाेजक आरति जाेशी ले अस्पतालका अध्यक्ष करुणाकर ओझालाई हस्तान्तरण गरेकाे हाे । उक्त नगद रकम अस्पतालकाे काेराेना काेसमा जम्मा गरिने अस्पताल श्राेत्रले जानकारी दिएकाे छ ।
Views: 133

























