२०८३ बैशाख ३१ बिहीबार
२०८३ बैशाख ३१ बिहीबार

विश्वकप छनोट खेल खेल्न नेपाली टोली कुवेत

काठमाण्डौ-  विश्वकप फुटबलको छनोट खेल खेल्न नेपाली टोली कुवेत पुगेको छ। सन् २०२२ मा कतारमा हुने विश्वकप तथा २०२३ मा चीनमा हुने एसिया कपको संयुक्त छनोटअन्तर्गत दोस्रो चरणको छनोटको बाँकी खेल नेपाली टोली कुवेत पुगेको हो।

नेपाल टोली इराकसँगको मैत्रीपूर्ण खेल खेलेर त्यहाँबाट कुवेत प्रस्थान गरेको हो। कुवेतमा नेपाली टोलीले तीन खेल खेल्ने छ। पहिलो खेल नेपालले यही जेठ २० गते चाइनिज ताइपेईसँग खेल्ने छ। दोस्रो खेल जेठ २४ गते जोर्डनसित तथा तेस्रो खेल जेठ २८ गते अष्ट्रेलियासँग खेल्ने कार्यक्रम रहेको अखिल नेपाल फुटबल सङ्घ ९एन्फा०ले जनाएको छ।

विश्वकप छनोट र एसियन कप छनोटका लागि राष्ट्रिय टोलीका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले २३ खेलाडी छनोट गरेका हुन्। नेपाली टोली स्थलमार्ग हुँदै कुवेत पुगेको हो। शनिवार नेपाल मैत्रीपूर्ण खेलमा इराकसित ६–२ गोलअन्तरले पराजित भएको थियो। कुवेत पुगेपछि नेपाली टोलीका सबै सदस्यको पीसीआर परीक्षण गरिएको थियो। सबैको पीसीआर रिपोर्ट नेगेटिभ आएको एन्फाले जनाएको छ।

नेपाली टोलीको गोलरक्षकमा किरण चेम्जोङ, विशाल सुनार र दीप कार्की, डिफेन्डरमा रोहित चन्द, अनन्त तामाङ, दिनेश राजवंशी, गौतम श्रेष्ठ, सुमन अर्याल र विकास खवास, मिडफिल्डरमा विशाल राई, मनिष डाँगी, एरिक विष्ट, कमल थापा, सन्तोष तामाङ, सुमन लामा, सुनिल बल, सुरजजिउ ठकुरी, पुजन उपरकोटी र आयुष घलान तथा फरवार्डमा अभिषेक रिजाल, अञ्जन विष्ट, नवयुग श्रेष्ठ र आशिष लामा रहेका छन्।

विश्वकप छनोटमा नेपालले अहिलेसम्म एक खेलमा मात्र जित हासिल गरेको छ भने चार खेलमा पराजित भएको छ। समूह ’बी’ मा रहेको नेपाल तीन अङ्क जोड्दै चौथो स्थानमा छ। त्यही समूहमा रहेको चाइनिज ताइपेई अङ्कविहीन छ। समूहको शीर्ष स्थानमा १२ अङ्कका साथ अस्ट्रेलिया छ भने दोस्रो स्थानमा १० अङ्कसहित कुवेत रहेको छ।

यस्तै १० अङ्कका साथ जोर्डन तेस्रो स्थानमा छ। विश्व फुटबल महासङ्घ ९फिफा०को वरीयतामा अष्ट्रेलिया ४१ औं स्थानमा, जोर्डन ९५ औं, चाइनिज ताइपेई १४१ औं तथा नेपाल १७१ औं स्थानमा छन्।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।