२०८३ बैशाख ३१ बिहीबार
२०८३ बैशाख ३१ बिहीबार

ह्युमानिटी फाउण्डेसनले बैतडी पठायो ४५ थान अक्सिजन सिलिण्डर, ५० हजार मास्क

कोरोना संक्रमितहरुको जीवन रक्षाका लागि निशुल्क अक्सिजन अभियान सञ्चालन गर्दै आएको ह्युमानिटी फाउण्डेसन नेपालले बैतडी जिल्लाका लागि ४५ थान अक्सिजनका नयाँ सिलिण्डर, ५० हजार थान मास्क १२ थान बेड, १२ थान मेट्रेस, १२ थान तकिया, १२ थान तन्ना पठाएको छ ।

पहिलो चरणमा एक साताअघि ३० सिलिण्डर अक्सिजनका नयाँ सिलिण्डर पठाएको फाउण्डेसनले हिजो थप सामग्री पठाएको हो ।

पूर्व अर्थ राज्यमन्त्री दामोदर भण्डारीको आग्रहमा फाउण्डेसनले बैतडीका लागि अक्सिजन, बेड, मास्क लगायतका सामग्री पठाएको हो ।

ह्युमानिटी फाउण्डेसनले शंकर ग्रुप, ईन्फिनिटी होल्डिङ्स, हामी नेपाली, हमार फाउण्डेसन, हाम्रो सानो प्रयास नेपाल लगायत बिभिन्न संघसंस्था र व्यक्तिको सहयोगमा निशुल्क अक्सिजन अभियान, अक्सिजन बैंक र सुदूर पश्चिमका स्वास्थ्य सामग्री सहयोग गर्दै आएको छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।