२०८३ बैशाख ३१ बिहीबार
२०८३ बैशाख ३१ बिहीबार

सीमामा आइसोलेसन स्थापना गरिँदै

नेपाली सेनाले आइसोलेसन तथा उपचार केन्द्र निर्माण प्रक्रिया सुरु गरेको छ । निर्माणका लागि आह्वान गरिएको बोलपत्रको अहिले मूल्याङ्कन कार्य भइरहेको नेपाली सेनाले जनाएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशन र मन्त्रिपरिषद्को निर्णयअनुसार नेपाली सेनाले नेपाल–भारत सीमाका विभिन्न आठ स्थानमा एकरएक हजार क्षमताको आइसोलेसन तथा उपचार केन्द्र निर्माण गर्न आवश्यक प्रक्रिया अगाडि बढाएको जानकारी सैनिक प्रवक्ता सन्तोषवल्लभ पौडेलले दिए । कोभिड–१९ का सङ्क्रमितको उपचार तथा भारतलगायत तेस्रो मुलुकबाट आएका नागरिक राख्न केन्द्र बनाउन लागिएको हो ।

उनले भने, “निर्माणका लागि कम्पनी छनोट गर्न गरिएको बोलपत्र आह्वानपछि आएका निवेदनहरूको अहिले प्राविधिक मूल्याङ्कन भइरहेको छ । प्राविधिक मूल्याङ्कनपछि आर्थिक मूल्याङ्कन गरिनेछ र उत्कृष्ट भएका कम्पनीसँग निर्माण सम्झौता गरी निर्माण कार्य अगाडि बढ्छ ।

” छनोट भएका कम्पनीले नै भवन निर्माणका साथै शैयालगायतका संरचनासमेत जडान गर्ने उनले बताए। सेनाले जेठ ५ गते एक हप्ताका लागि बोलपत्र आह्वान गरेको थियो भने जेठ १३ गते बोलपत्र खुलाई मूल्याङ्कन प्रक्रिया अगाडि बढाएको छ । गोरखापत्र दैनिकबाट

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।